
कैलालीको जोशीपुरमा जोशीपुर जेसीजले वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ। जोशीपुर जेसीज वर्ष २०२३ का अध्यक्ष धर्मेन्द्र विष्टको सभापतित्व तथा जेसीज उपाध्यक्ष शुशिल चौधरीको संयोजकत्वमा नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया, जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल रहनु भएको थियो ।

अव जेसीजले युवा वर्गको उद्यमशीलतालाई प्रबद्र्धन गर्नु पर्छ भन्ने जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको भनाई रहेको थियो । “जेसीज एक सामाजिक सेवा मूलक संस्था हो । यसले १८ वर्ष देखी ४० वर्षका युवाहरुलाई नेतृत्व, व्यक्तित्व तथा उद्यमशीलताको विकास गराउने कार्य गर्दछ । त्यस कारण यस क्षेत्रका बेरोजगार युवाहरुलाई उद्यमशीलता तर्फ डो¥याउन जोशीपुर जेसीजले महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ ।” वहाँले भन्नु भयो । यस क्षेत्रका युवाहरुले लघु उद्यमी बन्नु पर्छ । यस क्षेत्रको विकासका निमित्त, यस क्षेत्रका युवालाई यसै क्षेत्रमा केहि गरि स्वरोजगार बनाउन पालिकाबाट हुन सक्ने सहयोग गर्ने पनि वहाँले बताउनु भयो ।

त्यसै गरि विशिष्ट अतिथि सन्तोष पौडेलले युवाहरुको संस्थालाई पालिकाको सहयोग तथा समन्वयको आवश्यकता रहेको बताउनु भयो । राष्ट्रिय स्तरमा जोशीपुरको प्रतिनिधित्व गर्दै परिचय दिने जोशीपुर जेसीजले सामाजिक रुपान्तरणका लागि निस्वार्थ समाजिक सेवा गर्दै आएकोमा गौरवान्वीत भएको पनि वहाँले बताउनु भयो ।

