जोशीपुरमा बैशाख ११ गते अपाङ्गता पहिचान घुम्ती शिविर लाग्ने

कैलालीको जोशीपुरमा २०८० साल बैशाख ११ गते अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर लाग्ने भएको छ। जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र मुद्धीमा शिविर विहान ९ बजे देखि साँझ ३ बजे सम्म संचालन हुने छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक, जोशीपुर गाँउपालिका र बाल बल्याण संघ टिकापुर, कैलालीको संयुक्त आयोजनामा १८ बर्षसम्मका शरीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर संचालन हुने भएको छ ।

शिविरमा जँमजात खुट्टाको पैतला भित्र फर्केको, खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, औंलाहरु एकआपसमा टाँसिएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो भएको वा खुस्किएको, आगोले पोलेर अ∙हरु एक आपसमा टाँसिएको, भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको, ढाड बाङ्गो कुप्रो भएको, ह्ड्डी पाकेर पिप आईरहने, अन्य हाडजोर्नीसम्बन्धी समस्या भएको, कृत्रिम (अङ्ग) र सहायक सामग्री आवश्यकता भएकाहरुलाई चेकजाँच गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *