
कैलालीको जोशीपुर गाउँपालिकाले जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर हमाललाई सम्मानजनक अवकाशको विदाई गरेको छ।
विगत २८ वर्ष देखि निजामती सेवाको स्वास्थ्य क्षेत्रमा तथा जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको रूपमा ४ वर्ष देखि कार्यरत रहि आएका टेक बहादुर हमाललाई गाउँपालिकाले दोसल्ला ओढाई, सम्मान पत्र सहित विभिन्न मायाको चिनो प्रदान गरि अबकासको विदाई गरेको छ।

जोशीपुरको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै गा.पा.ले उच्च कदर सहित सम्मान गरेको गा.पा. अध्यक्ष एवं प्रमुख अतिथि चित्र बहादुर चौधरीले बताउनु भयो ।

त्यसै गरि अनुशासित तथा अति नम्र ब्यबहार योग्य तथा विज्ञ व्यक्तित्व सँग थोरै समय सेवामा रहेता पनी निजामती सेवा सार्वजनिक सेवा भएकोले बन्धनको जीवनबाट अवकाश लिई स्वतन्त्र जीवनको सुखद जीवनमा प्रवेश गरिरहेकोमा कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले बधाई दिनु भयो । त्यसै गरि गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया, वडा अध्यक्षहरु, गा.पा. कर्मचारी, स्वास्थ्यकर्मी, कार्यपालिका सदस्यहरुसमेतले विदाईको शुभकामना व्यक्त गरेका थिए ।

अहिले स्वास्थ्य क्षेत्रमा सेवा, यातायात लगायत सबै कुरा को विकास तथा प्राविधिक पहुंच भएको तर सुरुवाती दिनहरूमा दूरदराजको धेरै जसो ठाउँमा यातायात सञ्चारको सुविधा नरहेको कार्य क्षेत्रमा कैयो दिन पैदल यात्रामा रही जनताको सेवामा अनवरत रूपमा खटिएको साथै कोभिडको समयमा पनि निरन्तर सेवामै खटिई सेवा प्रदान गरेको अवकाश भई विदाई हुदै गरिएको हमालले बटुलेका अनुभवलाई साझा गर्नु भएको थियो ।


