आयमूलक व्यवसाय प्रबद्र्धन गर्न चेक हस्तान्तरण

कैलालीको जोशीपुरमा बालबालिका तथा किशोर किशोरी रुपान्तरणका लागि सशक्तिकरण परियोजना अन्तरगत आयमूलक व्यवसाय प्रवद्र्धन गर्न आर्थिक सहयोग तथा अभिभावकहरुलाई चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल कल्याण संघ टीकापुरले जोशीपुर गाउँपालिका अन्तरगतका गरीव, अतिविपन्न परिवारका जेहेन्दार २६ जना बालबालिकाको अभिभावकलाई ४ लाख ३५ हजार बराबरको चेक वितरण गरिएको हो । २३ जना अभिभावकलाई जनही १५/१५ हजार व्यवसाय प्रबद्र्धन गर्न र ३ जनालाई जनही ३०/३० हजार व्यवसाय प्रवद्र्धन गर्न तथा किशोर किशोरीहरुलाई सिप सिक्नका लागि नगद चेक हस्तान्तरण गरिएको थियो । जोशीपुर गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बाल कल्याण संघ टीकापुरले सो चेक हस्तान्तरण गरेको थियो ।

गरिव, अति विपन्न परिवारका जेहेन्दार बालबालिकाहरुको परिवारको आयमूलक व्यवसाय प्रबद्र्धन गर्न नगद चेक हस्तान्तरण गरिएको बाल कल्याण संघका परियोजना कोर्डिनेटर रामलाल चौधरीले बताउनु भयो । यसबाट गरिव तथा विपन्न परिवारका बालबालिकाहरुको अभिभावकलाई उनिहरुको व्यवसायमा टेवा पुग्ने र दैनिक जीवनयापनको कठिनाईलाई सरलता बनाउनमा मद्दत पुग्ने पनि वहाँले बताउनु भयो । “यसबाट गरिवीका कारण विद्यालय जान नसकेका बालबालिकाहरुको अभिभावकको व्यवसायलाई थप सहयोग हुनेछ र अभिभाावकलाई बालबालिकाहरुको स्याहार सुसार, शिक्षादिक्षा, लालनपालनमा टेवा पुग्ने छ” वहाँले भन्नु भयो । जोशीपुर गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको सभापतित्व तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत मिनराज कठरियाको प्रमुख आतिथ्यतामा सो चेक वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *