थाकसले भाद्र ७ विद्रोह दिवस मनाउने

भाद्र १,
कैलालीको टिकापुरमा भाद्र ७ गते विद्रोह दिवस मनाईने भएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीको आयोजनामा विद्रोह दिवस मनाईने भएको छ।

विद्रोह व्यवस्थापन समिति संयोजक लौटन चौधरीको अध्यक्षतामा भाद्र १ गते मोर्चा र थाकसको तयारी बैठकमा सम्पन्न भएको हो ।
२०७२ साल भाद्र ७ र ८ गतेको घटनालाई स्मरण गर्दै प्रत्येक वर्ष विद्रोह दिवस मनाउने आयोजक कमिटिले उद्घोष गरेकोछ। विभिन्न दलका थारु नेताहरु भाद्र ७ गते पार्टी विर्सेर थारुहरुलाई राज्यले गरको विभेदपूर्ण दमनका विरुद्ध समग्रमा एकजुट भै विद्रोह गर्ने बक्ताहरुको भनाई रहको थियो ।

तर अर्को तिर नागरिक उन्मुक्ती पार्टीले भने अलगै विद्रोह दिवस मनाउने टिकापुरका मेयर रामलाल डंगौराले बताए । थारुहरुको साझा संस्था थरुहट थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले हाल सम्म गरेको कृयाकलापले कुनै उपलब्धी नभएको पनि उनले बताए । जनताले विश्वास गरेको नागरिक उन्मुक्ती पार्टीले मात्र आन्दोलन उपलब्धी मुलक बनाउन सक्ने छ उनले भने ।

सामाजिक संजालमा थरुहट थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीको एक कार्यक्रम र नागरिक उन्मुक्तीको अर्को कार्यक्रम हुने जनाकारी आएपछि बैठकमा विद्रोह दिवसका लागि थाकसले उन्मुक्ती पार्टी सँग सहकार्य तथा समन्वय गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *