
जोशीपुर,
कैलालीको जोशीपुरमा पौराणिक थारु लोक संस्कृति धमार, सजना हमार परिवार मलवारा कैलालीको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। धमार, सौनाहा, सजना गीत तथा झुम्रा नाच सहितको वार्षिकोत्सव पौराणिक थारु लोक संस्कृति धमार, सजना हमार परिवार मलवारा कैलालीको आयोजनामा भएको थियो ।

टेकराज डंगौराको सभापतित्व तथा जोशीपुर गाउँपालिका अध्याक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सांस्कृतिक संरक्षण प्रवद्र्धन गर्ने संस्थालाई जोगाई राख्न आवश्यक रहेको प्रमुख अतिथि चौधरीको भनाई रहेको थियो । थारु बहुल्यता क्षेत्र रहेको जोशीपुरमा थारुहरुको रितिथिति, परम्परा, संस्कृति संकटमा गैरहेकोले यसलाई संरक्षण गर्न पौराणिक थारु लोक संस्कृति धमार, सजना हमार परिवार मलवारा संस्थाले गरेको प्रयासलाई कदर गर्दै स्थानिय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

गायक खुशी रत्गैयाले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि सिनियर कराँते प्रशिक्षक विष्णु प्रसाद डंगौरा, सांस्कृतिक जानकार व्यक्ती एवं शिक्षक रुदन कुश्मी, थारु फिल्म ईन्डस्ट्रीजका निर्देशक सुधराम दहित, युवा संजाल जोशीपुरका कोषाध्यक्ष भूमिसागर सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा आशाराम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

