जोशीपुर गा.पा. स्तरिय अष्टिम्की सँगै खेलकुद

भाद्र ५,
कैलालीको जोशीपुर गा.पा. ५ सिमरनामा गा.पा. स्तरिय अष्टिम्की कार्यक्रम सँगै खेलकुद पनि सम्पन्न भएको छ। सिमरना बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा आँखामा पट्टी बाँधेर मट्का फोर, बोटलमा पानी भर्ने, स्लो साईकल रेस, स्लो बाईक रेस, रस्सी तान्ने प्रतिस्धात्मक खेलकुद रहेको थियो ।

बाल खेलकुद अन्तरगत आँखामा पट्टी बाधेर मट्का फोरमा हेमन्त मौनी विजय प्राप्त गरेका छन् । त्यस्तै बाल खेलकुद अन्तरगत कै बोतलमा पानी भर्ने खेलमा विराज चौधरी विजेता रहेका छन् । पुरुष तर्फ स्लो साईकल रेसमा सिमरीका युविन चौधरी, स्लो बाईक रेसमा राजेन्द्र सिराडी ले विजय प्राप्त गरेका छन् । खुल्ला तर्फ आँखामा पट्टी बाँधेर मट्का फोरमा मिनराज चौधरी ले विजय प्राप्त गरेका छन् ।

विद्यालय तर्फ रस्सी तान्नेमा सिद्धार्थ ईग्लीस बोर्डिङ स्कुल जोशीपुर ७ बौनियाँले विजय प्राप्त गरेको छ भने खुला तर्फ रसि तान्ने घम्साघम्सीमा मैनपोखरी र सिम्राना विच विवाद भएको थियो । जसका कारण आयोजकले दुवै टिमलाई नकाउट गरेको थियो । दुई टिम नकाउट भए पछि फाईनल खेल्नका लागि तयार बसेको जोशीपुर गाउँपालिकाको टिम स्वतः विजय प्राप्त गरको छ । गाउँपालिकाको टिममा ५ नं. वडा अध्यक्ष अनर कुमार चौधरी, १ नं. वडा अध्यक्ष रामचन्द्र चौधरी, राम बहादुर चौधरी, सन्जिव चौधरी र खिम गरोजा रहेका थिए ।

समापन कार्यक्रम सिमरना बजार व्यवस्थापन समिति उपाध्यक्ष भगत बहादुर थारु को सभाध्यक्षता तथा ५ नं. वडा अध्यक्ष अनर कुमार चौधरीको प्रमुख आतिथ्यता र १ नं. वडा अध्यक्ष रामचन्द्र चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रमलाई अभिमन्यूले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *