जोशीपुरमा छाडा पशुचौपाया नियन्त्रण व्यवस्थापन समिति गठन

सावन १६,
कैलालीको जोशीपुर गाउँपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेको छ । जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी संरक्षक रहने गरि काञ्जी हाउस गौशाला बञ्जरियाको १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लाल बहादुर डगौरा सह सचिव रञ्जना चौधरी कोषाध्यक्ष आशा चौधरी सदस्यहरू मासुलाल चौधरी सरस्वती डगौरा सेनापति चौधरी रहेका छन् ।
यस्तै पदेन् सदस्यमा वडा नं ३ की अध्यक्ष रेनु कुमारी चौधरी वडा सदस्य राजेश चौधरी, शंकर सामुदायिक बन् उपभोक्ता समितिका अध्यक्ष दान सिंह चौधरी, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका जीवनलाल डगौरा यस्तै युवा सञ्जाल जोशीपुरका अध्यक्ष सन्तोष वि क चयन भएका छन् । समितिले कार्यसमितिको पदावधि ३ वर्षको रहने पनि निर्णय गरेको छ । व्यवस्थापन समिति अध्यक्ष र सचिव भने भयन हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *