
जोशीपुर, सावन १६/
कैलालीको जोशीपुर गाउँपालिकाले थारु जातिको गुरही पर्वको अवसरमा सावन १७ गते स्थानिय विदा गर्ने निर्णय गरेको छ। सावन ६ गतेको जोशीपुर गाउँ कार्यपालिकाको निर्णय अनुसार सावन शुक्ल पञ्चमी अर्थात गुरिया पर्वको दिन जोशीपुर गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरु बन्द रहने व्यहोरा समेत सूचनामा उल्लेख छ।

