रसुवा बाढी प्रभावित राकेश डंगौराको छोरीलाई निःशुल्क पढाउने फाउण्डर सिद्धराज जोशीकाे घोषणा

भाद्र २९,
भोटेकोशी–रसुवामा आएको विनाशकारी बाढीमा परी सम्पर्क विहिन अवस्थामा रहेका जोशीपुर गाउँपालिका–१, बडरियाका राकेश डंगौराको परिवारलाई प्रसिद्ध विद्या निकेतनले नगद सहयोग गरेको छ। दुःखको घडीमा प्रसिद्ध विद्या निकेतन, जोशीपुर कैलालीका संस्थापक सिद्ध राज जोशी पीडितको घरमै पुगेर राकेश डंगौराकी श्रीमतिलाई नगद ४ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। राकेश डंगौराकी सानी छोरीलाई विद्यालयमा पूर्ण छात्रवृत्तिसहित कक्षा ८ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालयका फाउण्डर जोशीले घोषणा समेत गर्नुभएको छ।
चिन्तित परिवारको अवस्थामा हार्दिक समवेदना दिन पुग्नु भएका जोशी गाउँका भलमन्सा, सचिव निज राकेश डंगौराका बुबालगायत परिवारजन, विद्यालयका प्रीन्सिपल राजेश चौधरी, भाइस प्रीन्सिपल लोमस कुमार डंगौरा तथा विद्यार्थीहरूको उपस्थितिमा छात्रालाई निशुल्क पढाउने बाचा गर्नु भयो ।
वहाँले भन्नु भयो “सहयोग रकम सानो भए पनि दुःखमा परिवारसँगै उभिनु हाम्रो मानवीय दायित्व हो। राकेशजी सकुशल फर्किनु हुनेछ भन्ने हाम्रो पहिलो प्रार्थना हो। उहाँकी छोरीको शिक्षाको जिम्मेवारी अब प्रसिद्ध विद्या निकेतन परिवारले लिनेछ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *