सुप कला प्रतिष्ठानको ५ औं अधिवेशन सम्पन्न/अध्यक्षमा आचार्य सर्वसम्मत

भाद्र २७/राजु चौधरी(राज) धनगढी ।
सुदूरपश्चिम कला प्रतिष्ठानको ५औँ साधारण सभा एवं अधिवेशनबाट अम्बिका प्रसाद आचार्य अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
धनगढीस्थित होटल इमेजमा आयोजित अधिवेशन तथा उद्घाटन समारोहबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यक्रमको सभापतित्व अवेश कुमार चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा ज्येष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु श्री शिवदत्त पन्त रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रवादी नायक तथा निर्माता नवल खड्का र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य तथा गायिका कृष्णा सिडारीको उपस्थिति रहेको थियो।
त्यस्तै, प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशीलगायत विभिन्न क्षेत्रका कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले गर्नुभएको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा अम्बिका प्रसाद आचार्य, उपाध्यक्षमा गुणाकर पनेरु, सचिव रोशन केसी, सहसचिवमा गोविन्द मुखिया, कोषाध्यक्षमा केशव बलायर र सदस्यहरूमा क्रान्ति गिरी, पार्वती बन, दीपिका शाही, सौगात सुनार, एन्जल चौधरी र सरस्वती सेठी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले सुदूरपश्चिमको कला, संगीत, संस्कृति तथा कलाकारहरूको संरक्षण, प्रवद्र्धन र विकासका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *