जोशीपुरका व्यापारी तथा व्यवसायीहरुलाई दिइयो करदाता परामर्श

भाद्र ११,
जोशीपुर, कैलाली । जोशीपुर बजार व्यवस्थापन समितिको आयोजनामा जोशीपुरका व्यापारी तथा व्यवसायीहरूलाई नेपाल सरकारको वर्तमान कर नीतिबारे अन्तरक्रियात्मक परामर्श शिक्षा प्रदान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजस्व कार्यालय धनगढीको सहकार्यमा आयोजित कार्यक्रममा व्यवसायीहरूलाई कर तिर्ने क्रममा भोग्दै आएका समस्या, चुनौती तथा समाधानका उपायबारे परामर्श दिइएको छ।
जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका अधिकृत तर्कराज जैशीले व्यवसायीहरूलाई करसम्बन्धी प्रचलित व्यवस्था, कर दर्ता, कर विवरण बुझाउने प्रक्रिया, कर भुक्तानी तथा व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने विषयबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा कागजी प्रक्रिया, करसम्बन्धी जानकारीको अभाव, समयमै विवरण बुझाउन नसक्दा आउने समस्या, डिजिटल माध्यमबाट कर भुक्तानी गर्दा देखिने कठिनाइ तथा कर प्रणालीलाई अझ सरल र सहज बनाउनुपर्ने विषय उठाएका थिए।
व्यवसायीहरूले कर तिर्ने वातावरण सहज बनाउन स्थानीयस्तरमै नियमित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, करसम्बन्धी सूचना सरल भाषामा उपलब्ध गराउनुपर्ने र साना तथा नयाँ व्यवसायीलाई आवश्यक परामर्शको व्यवस्था गर्नुपर्ने विषय उत्थान गरेका छन्। कार्यक्रममा कर छल्ने प्रवृत्तिभन्दा राज्यलाई नियमानुसार कर तिर्ने संस्कार विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रमका सभाध्यक्ष योगेन्द्र बलमे यस्ता अन्तरक्रियात्मक कार्यक्रमले व्यवसायी र कर प्रशासनबीचको दूरी घटाउँदै करसम्बन्धी अन्योल हटाउन तथा व्यवसायीलाई कानुनी रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
कारदाताहरुले आफुनो व्यवसायको कर स्थानिय सरकार र आन्तरिक राजश्व कार्यालयमा तिरि रहेकोले दोहोरो मर्कामा परेको गुनासो समेत गरेका थिए । ५० भन्दा वढि व्यापारी तथा व्यवसायिहरुको उपस्थितिमा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चित्र बहादुर चौधरीले स्थानिय तहमै व्यवसायिक कर तिर्ने सरकारको नितिले थप करदातालाई सहज बनाएको तर स्थानिय तहमा थप चुनौती सृजना गरेको बताउनु भयो । सरकारले वर्तमान निति अनुसार सम्पूर्ण व्यवसायिहरुलाई करशिक्षा दिन सके राजश्वमा वृद्धि गर्न सकिने समेत वहाँले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *