धनगढीमा गुरहीको भव्य आकषर्ण

राजु चौधरी -राज) धनगढी, भाद्र १,

कैलालीसहित विभिन्न जिल्लामा थारु समुदायमा आज सोमबार गुरही पर्व मनाइएको छ । यसै बिच धनगढीको गुरही चौकमा पनि भव्यताका साथ गुरही पर्व मनाईको छ । गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।
गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख बिसर्जन गर्ने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीहरुले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरुले …दे घुघ्री, दे घुघ्रीÚ भन्दै सोंटाले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि बालिकाहरुले गुरहीसँग ल्याएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने चलन रहेको छ ।
वर्षातको समयमा आँखा पाक्ने, घाउ खटिरा आउने, ज्वरो लगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्दछ । यसलाई थारु भाषामा खाँज भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने खाँज हटाउने गरेको बताइएको छ

कार्यक्रम सखि सन्जाल कि सयोजक सानु चौधरी को अध्यक्षता मा प्रमुख अतिथि धनगढी उप महानगरपालि उप मेर कदकाला कुमारी राना विशिष्ट अतिथि सुदुर पश्चिम् प्रज्ञा प्रतिस्थान का उपकुलपति सरस्वती दहा तिर्थ राज पन्त धनगढी उ न पा ८ का अध्यक्ष जुगराम चौधरी वाडा ७ का अध्यक्ष मोति राना लगयत का उपस्थित मा औपचारिक कार्य क्रम अनिल कुश्मि र तारा चौधरी ले सन्चालन गरेका थिए भने सास्कृतिक कार्यक्रम राजु चौधरी राज र सुनिता चौधरी ले सन्चालन गरेका थिए ।

थारु, कठरिया, राना लगायतका समुदायहरुको आकर्षणको केन्द्र बनेको छ गुरही पर्व । हजारौंको संख्यामा उपस्थित धनगढीबासीहरु पनि गुरहीको आकर्षणमा रमाउन गुहरी चोक पुगेका थिए । थारु समुदायले धनगढीमा मनाउने गुरही पर्वले सवै नेपालीको ध्यानाकर्षण गरेको छ। संस्कृतिको धनी थारु समुदायले आफ्नो संस्कृतिमा रमाउन जानेको कुरा आमनागरिकमा पुगेको बक्ताहरुको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *