पोषणमैत्री स्थानीय शासन अनिवार्य ः स्वास्थ्य शाखा प्रमुख निर्प डंगौरा

असार १८,
पोषणमैत्री स्थानिय शासन हुन अनिवार्य रहेको जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निर्प राज डंगौराले बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेठ ३, २०८१ मा पोषणमैत्री स्थानीय शासन कार्यविधि, २०८० प्रकाशित ग¥यो । यसले गाउँ÷नगरसभा, कार्यपालिकाका पदाधिकारीहरू, पोषण–अनुरक्षात्मक समिति सदस्यहरू लगायत सरोकारवालालाई अभिमुखीकरण गरेर “पोषणमैत्री स्थानीय शासन” को अवधारणा कार्यन्वयन गर्ने प्रक्रिया तय गर्दछ । स्थानीय तहहरूले बालबालिका, किशोरी र महिलाको पोषण सुधारमा स्पष्ट प्राथमिकता दिन थालेका छन् र बजेटसमेत छुट्याउन थालेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका क्षेत्र अन्तरगतका बालबालिका, किशोर–किशोरी र महिलाहरुका लागि खाद्य तथा पोषण सुरक्षा सम्बन्धि निति बनाई पालिकाले कार्यान्वयन गर्न आवश्यक छ । खाद्य तथा पोषण प्रत्येक्ष स्वास्थ्य सँग सम्बन्धित विषय रहेकोले स्वास्थ्यलाई प्राथमिकतामा राखेर खाद्य तथा पोषणलाई पनि पोषण मैत्री स्थानिय शासन अत्यन्तै जरुरी छ भन्ने भनाईलाई जोशीपुर स्वास्थ्य शाखा प्रमुख डंगौराले जोड दिए । स्वस्थ जनशक्ति उत्पादनमा यसले ठुलो भूमिका खेल्ने बताउँदै उनले जोशीपुर गाउँपालिका स्तरिय खाद्य तथा पोषण सुरषा समितिलाई पोषणमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखिकरणलाई सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई पोषण अधिकृत सज्जन योगेशले पनि प्रशिक्षकको रुपमा शहजीकरण गरेका थिए । खाद्यबस्तुको शुद्धता र स्वस्थकरले मात्र कुपोषण्लाई न्यूनिकरण गर्न सकिने भएकोले स्थानिय सरकारले पोषणका लागि पनि बजेट विनियोजित गरि कार्यन्वयन गरेको खण्डमा मात्र पोषणमैत्रि स्थानिय शासनले सार्थकता पाउने उनले बताए ।

जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले भने “हाम्रो पालिकाको आन्तरिक स्रोत न्यून छ । पालिका एक्लैले केहि गर्न सक्दै यसका लागि सवैको साथ सहयोगको आवश्यकता छ ।”

कार्यक्रममा जोशीपुर गाउँपालिका कैलाली सुदूरपश्चिम प्रदेश पोषण सुधारका लागि सामुहिक प्रतिवद्धता जनाएका थिए । हाम्रो पालिकामा बहुक्षेत्रिय पोषण योजनाको सफल कार्यान्वयन गरि पोषणमैत्री स्थानिय शासन अवलम्बन गर्ने प्रतिबद्धता जाहेर गर्दै स्वास्थ्यकर्मी, शिक्षा शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरु लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *