
असार १४,
असार १३ गते एस.ई.ई.को नतिजा प्रकाशित भएको छ। जोशीपुर गाउँपालिका अन्तरगत सामुदायिक विद्यालय तर्फ जनप्रकाश माध्यमिक विद्यालय छात्र अनिष डंगौरा ३.७४ जि.पि.ए. ल्याई गा.पा. प्रथम भएका छन् भने संस्थागत तर्फ जोशीपुर हेवन गार्डेन बोर्डिङ्क स्कुलका छात्रा प्रितिका चौधरी ३.८३ जि.पि.ए. ल्याई गा.पा. प्रथम भएकि छिन् । जि.पि.ए.को हिसावले प्रितिका चौधरी जोशीपुर गाउँपालिका उत्कृष्ट (टप) भएकि छिन् । रघुनाथ माध्यमिक विद्यालयमा ३५ जनामा ५ जना गरि १४.२८ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् भने राष्ट्रिय मा.वि. लोखरी २८ जनामा ६ जना गरि २१.४ प्रतिशत, राष्ट्रिय मा.वि. डहरवेरिया ४९ मा ७ जना १४.२८ प्रतिशत, जनता मा.वि. मैनपोखरी ५० मा १७ जनागरि ३४ प्रतिशत, जनप्रकाश मा.वि. मुद्धि ७३ मा १७ जना गरि २३.२ प्रतिशत, सरस्वती मा.वि. लक्कड मनिकापुर ३८ मा ६ जना गरि १५ प्रतिशत, मोहन्याल मा.वि. बडहरिया जोशीपुरमा ११८ जनामा १५ जना गरि १२.७ प्रतिशत, राष्ट्रिय मा.वि. लकडमण्डी १८ जनामा ० प्रतिशत पनि ०, जोशीपुर हेवन गार्डेन बोडिङ्ग स्कुल ३६ मा २७ जना गरि ७५ प्रतिशत र केदारनाथ मा.वि. जोशीपुरले ६ जनामा ५० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
जोशीपुर हेवन गार्डेन र केदारनाथ मा.वि. संस्थागत विद्यालय हुन भने बाँकी ८ वटा समुदायिक विद्यालयहरु हुन् । जसमा प्रतिशतको हिसावले सामुदायिक तर्फ जनता मा.वि. मैनपोखरी प्रथम र संस्थागत तर्फ जोशीपुर हेवन गार्डेन बोडिङ्ग स्कुल प्रथम स्थानमा छ ।
पालिका भरिमा जम्मा ४५१ जनाले परिक्षामा सहभागि भएको थिए जसमध्य १०३ जना उतिर्ण भएका छन् । प्रतिशतको हिसावले जम्मा २२.८३ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएको छन् । राष्ट्रिय मा.वि. लकडमण्डी शुन्य नतिजा ल्याएको छ ।
