जोशीपुरमा भव्यताका साथ गौरा मनाइयो

कैलालीको जोशीपुरमा जोशीपुरमा भव्यताका साथ गौरा मनाइएको छ । गा.वि.स.स्तरिय शान्ति सदभाव महिला समाज जोशीपुरको आयोजनामा भएको गौरा पर्व कार्यक्रम जोशीपुर गाउपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको थियो । संस्थाकि अध्यक्ष शान्ता भण्डारीको सभाध्यक्षतामा सुरु भएको गौरा पर्वमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत महिलाहरुको उपस्थितिमा डेउदा खेलिएको थियो । सुदूर पश्चिमको मौलिक संस्कृतिलाई जगेर्ना गर्न तथा महिलाहरुलाई एकता बनाउन स्थानिय स्तरमा भव्य रुपले गौरा मनाउने सभाध्यक्ष शान्ता भण्डारीले बताउनु भयो । सामुहिक रुपमा गौरा पर्व मनाउन पाउँदा महिलाहरु खुशी व्यक्त गरेको भन्दै भाद्र १३ सम्म गौरा मनाउने पनि वहाँले बताउनु भयो । यस क्षेत्रलाई चिनाउने हरेक समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको प्रमुख अतिथि चित्र बहादुर चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *