पर्यटन र होमस्टे एक अर्काको परिपुरक हुन्ः प्रदेश पर्यटन ईकाई प्रमुख बोहरा

कैलालीको भादा होमस्टेमा असार ५ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे(घरवास) व्यवस्थापन तालिम असार ९ गते आईतवार सम्पन्न भएको छ। सुदुरपश्चिम प्रदेश होमस्टे महासंघका अध्यक्ष दिनेश कुमार दहित थारुको सभापतित्वमा सम्पन्न भएको तालिमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन ईकाई प्रमुख डबल बहादुर बोहराले पर्यटन र होमस्टे एक अर्काको परिपुरक रहेको बताउनु भयो । “सुदूरपश्चिम प्रदेशमा अनगिन्ती पर्यटकीय क्षेत्रहरुछन् । जसले सुदूरपश्चिमलाई चिनाउने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरु सुदूरपश्चिममा प्राकृतिक सम्पदा मात्र अवलोकन गर्न आउ“दैनन् उनिहरु हाम्रो रितिरिवाज, परम्परा, संस्कार, नाचगान, खानपान समेतलाई अवलोकन तथा मनोरञ्जन लिन आउने गर्दछन् । पारिवारिक वातावरणमा खानापान, सामुदयिक रितिथिति अनुसारको सांस्कृतिक नाचगानमा रमाउने तथा अतिथिहरुलाई अतिथि देवः भवः को सत्कारको बातावरण होमस्टेमा मात्र पाईने हुनाले यसले पर्यटनमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । त्यसकारण होमस्टे सञ्चालनका लागि पर्यटकीय सम्भावन बोकेको, जैविक विविधता, मुख्य आकर्षणहरु के–के छन् ।

यिनिहरुको अध्ययन अवलोकन गरि सांस्कृतिक प्रवद्र्धन हुने स्थानलाई छनौट गर्नु पर्दछ । वहा“ले भन्नु भयो ।” होमस्टेले स्थानिय महिलाहरुको सशक्तिकरणका कृयाकलापहरुलाई टेवा पुग्ने र सञ्चालकहरुको आर्थिक तथा सामाजिक क्षेत्रमा टेवा पुग्ने पनि बताउनु भयो । “पर्यटनको पूर्वाधार समृद्ध प्रदेशको आधार” सुदूरपश्चिम प्रदेशको मूल नारालाई सार्थकता दिन प्रदेशले निति ल्याएको पनि वहा“ले बताउनु भयो ।

त्यसै गरि सुदूरपश्चिम प्रदेशमा भएका भिविन्न गतिविधि संगै यहा“का विभिन्न जातजातका सांस्कृतिक कुराहरु, भाषा, धर्म, संस्कृति, प्राकृतिक स्रोतसाधन र जैविक विविधतालाई संरक्षण गर्नका निमित्त संचालन भएका होमस्टेलाई थप उर्जा दिनका लागि ५ दिने तालिमको आयोजना गरि कार्यन्वयन सम्पन्न गरेकोमा उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन ईकाईलाई होमस्टे महासंघ नेपालका केन्द्रिय अध्यक्ष प्रेम मर्दनिया थारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सरकारले हामीमाथि गरेको खर्चको उपलब्धी तव हुन्छ जव हामी तालिममा सिकेका कुरा दैनिक जीवन तथा होमस्टे संचालनको प्रयोगमा ल्याउछौं । तपाईले सिकेका नितिगत कुराहरु प्रदेशले अनुगमन गर्दा, केन्द्रले अनुगमन गर्दा सानासाना नितिगत नम्सहरु पुरा गरेको देखियो भने हामीले तालिम दिएको कुनै अर्थ हुदैन । वहँ“ले भन्नु भयो ।
कार्यक्रमका सभाध्यक्ष दिनेश दहित थारुले होमस्टे सञ्चालन गरे पश्चात आफ्नो क्षेत्रको संस्कृति संरक्षण तथा जैविक विविधता सुधारमा टेवा पुगेको बताउनु भयो । वहा“ले नुक्लीपुर होमस्टे सञ्चालन गरेको थारै समय भए पनि त्यहा“का संस्कृति संरक्षणकर्मीहरु, जैविक विविधता संरक्षणकर्मीहरुमा सक्रियता बढेको र अहिले होमस्टे नजिकको जंगलमा जंगरी जनावरहरु सहजै देख्न सकिने बताउनु भयो । जंगली पशुपन्छि, मयुर लगायतका चराचुरुङ्गीहरु आफ्नै छेउछाउमा उडेको, खेलेको देख्न सकिने पनि वहा“ले बताउनु भयो ।

त्यसै गरि “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलक निर्माण होमस्टेको अभियान” भन्ने मुल नारा रहेको सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे व्यवस्थापन तालिमलाई सार्थकता दिन प्रमुख प्रशिक्षकको रुपमा होमस्टे महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोला रहनु भएको थियो । वहा“ले होमस्टे संचालन, समस्या, चुनौती र व्यवस्थापनको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै सामाजिक, सांस्कृतिक, जैविक विकासमा सवै जनाले हातेमालो ग¥यौं भने मात्र विकास सम्भव रहेका भादा होमस्टेका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो । आफ्नो भादा होमस्टे संचालनको अनुभव साझा गर्दै वहा“ले आर्थिक समृद्धिको मुल आधार नै पर्यटन रहेको र पर्यटन विकासमा टेवा पु¥याउन हामी सवैको कर्तव्य रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *