
जेठ ३१,
कैलालीको जोशीपुर गाउँपालिका ४ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाको ४ दिने अभिभावक सचेतना तालिम सम्पन्न भएको छ । जेठ २८ गते देखि सुरु भएको तालिम वि.व्य.स अध्यक्ष विष्णु प्रसाद डंगौराको सभापतित्व, वडा नं. ४ का वडा अध्यक्ष रामजनम चौधरीको प्रमखु अतिथ्यता जेठ ३१ गते सम्पन्न भएको हो ।

तालिम प्रशिक्षक एवं जोशीपुर गा.पा. शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले शिक्षामा गुणस्तर ल्याउन शैक्षिक गुणस्तर टोल बनाउनमा जोड दिनुपर्ने बताउनु भयो । अभिभावकहरुले शैक्षिक गुणस्तर टोल बनाउनसके बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार हुनुका साथै बालबालिकाहरुलाई नैतिकवान तथा अनुशासित बनाउन सकिने पनि वहाँले बताउनु भयो । बालबालिकाहरुको भविष्य राम्रो बनाउन अभिभावकहरुले शैक्षिक गुणस्तर टोलमा बालबालिकाहरुको दैनिक समय तालिका बनाई पढाई कुना तथा पढाई कोठाको व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक रहेको उनले बताए । यसबाट बालबालिकाहरुलाई कुलत तथा लागु पदार्थ दुव्र्यसनीबाट बचाउन सकिन्छ र मौलिकताको पनि पुस्तान्तरणमा थाप सहयोग पुग्छ । वहाँले भन्नु भयो ।

त्यसै गरि प्रमुख अतिथि राम जनम चौधरीले ४ दिनको अभिभावक सचेतना तालिमबाट सिकेका कुरा आफ्ना नानीबाबुहरुको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय पठाउने र विदा पश्चात लिन आउने, होमवर्क गरेको नगरेको, बालबालिकाहरुको शैक्षिक सामग्रीको प्रयाप्तता छ छैन र उनिहरुको आवश्यकता पुर्ति गर्ने कार्य गरि अभिभावकको कर्तव्य पुरा गर्ने विश्वास लिएको बताउनु भयो । प्रधानाध्यापक लिलाराम ओली प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष लखनलाल चौधरी, शैक्षिक परामर्शदाता योगेश जोशी, शिक्षक अभिभावक संघका अध्यक्ष चौधरी राज चौधरी, यूवा सञ्जालका अध्यक्ष सन्तोष वि.क., शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रमलाई शिक्षक विक्रम चौधरीले शहजीकरण गर्नु भएको थियो ।
