
जेठ २३,
कैलालीको जोशीपुरमा व्यवसायिक बाख्रा पालन तालिम सुरु भएको छ। निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय जोशीपुरले आफ्नो समूह सदस्यहरुलाई जेठ २३ गते बुधबार देखि शुक्रबार सम्म ३ दिन व्यवसायिक बाख्रापालन तालिम दिने भएको छ । लघुवित्तमा आवद्ध महिलाहरुलाई व्यवसायिक वनाउने उद्देश्य रहेको तालिम टिका चौधरीको सभाध्यक्षता, जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. क्षेत्रिय कार्यालय अत्तरियाका नवराज जोशीको विशिष्ट आतिथ्यता, ईलाका प्रहरी कार्यालय जोशीपुरका ईन्चार्ज मिन बहादुर साउँद, संस्थाका वरिष्ठ सहायक लेखापाल चन्द्रवदन मिश्र, समूह सदस्यहरु, लगायतको उपस्थितिमा जोशीपुर गा.पा. ४ झवहीमा अवस्थित थारु फुडल्याण्डमा तालिमको समुद्घाटन भएको हो । जसमा प्रमुख प्रशिक्षकको रुपमा जोशीपुर गाउँपालिका पशु शाखा प्रमुख नारायण चौधरी रहनु भएको छ ।

व्यवसायिक रुपमा बाख्रा पालन गर्न सके आफ्नो घरपरिवारको आमदानी बढाउन सकिने गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको भनाई रहेको थियो । त्यसै गरि ऋण लिए पछि जुन कार्यका लागि ऋण लिइएको हो त्यसै कार्यमा खर्च गरि कार्य गर्न आवश्यक रहेको ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख मिन बहादुर साउँदले बताउनु भयो । बाख्रा पालनको शिर्षकमा लिएको ऋणले व्यवसायिक रुपमा बाख्रा पालन गर्न सके मात्र तालिमको औचित्य रहने पनि वहाँले बताउनु भयो ।
