नवजीवन सहकारीद्धारा शेयर सदस्यलाई कृया खर्च

जेठ २२,
नवजीवनव सहकारी संस्था लि. जोशीपुर सेवा केन्द्रले आफ्नो शेयर सदस्यको परिवारलाई कृया खर्च दिएको छ। नवजीवन सहकारी संस्था लि.का शेयर सदस्य जोशीपुर गाउँपालिका वडा नं. ५ सिमरानाका टिकाराम चौधरीको परिवारलाई संस्थाले कृया खर्च स्वरुप २० हजारको चेक हस्तान्तरण गरेको छ । मृतकका छोरा आशीष चौधरीको नामको चेक हस्तान्तरण गर्दै सेवा केन्द्र प्रमुख प्रकाश चौधरीले नवजीवन सहकारी संस्थाले आफ्नो शेयर सदस्यको मृत्यु भएमा उनिहरुको परिवारलाई कृया खर्च वाफत नगदराशी २० हजार दिने बताउनु भयो । महिला शेयर सदस्य भए २ पटक सम्म सुत्केरी खर्च वाफत रु ५/५ हजार नगर राशी प्रदान गर्ने व्यवस्था पनि रहेको वहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *