“छल्कल जियरा मोर” म्युजिक भिडियो सार्वजनिक

बैशाख २९,
बहुचर्चित थारु गित “छल्कल जियरा मोर” आज सार्वजनिक हुने भएको छ । धनगढीको एस.टि.एस. हलमा गित सार्वजनिक गरिएको छ । सभापति राजकुमार जोशी, प्रमुख अतिथि माननिय मन्त्री लक्ष्मण किशोर जोगेठ्वा लगायत कलाप्रेमी कलाकारहरुको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा लगभग १८ वर्ष पहिले रेकर्ड गरिएको थारु आईटम् म्युजिक अडियो “छल्कल जियरा मोर” को म्युजिक भिडियो थारु होमस्टे गाउँ भादा धनगढी कैलालीमा छायांकन सम्पन्न भएको हो । जसमा निर्माता राजकुमार जोशी, थारु मेघा स्टार संगत थारु, सुमित्रा चौधरी, गायक राजु चौधरी राज, गङ्गा डङ्गौराको अभिनय रहेको छ ।

दर्शकको लामो पर्खाईमा रहेको यो गितको छायांकन सतिश सिन्हाको रहेको छ भने निर्देशन मासुम विष्टको रहेको छ । पोस्ट प्रोडक्सन सि.एस.फिल्मस् धनगढी प्रा.लि.को रहने छ भने शिखर आर्ट्स युट्युव च्यानलबाट गित सार्वजनिक गरिएको छ। गीतमा अवाज कोमल राज भन्डारीको रहेको छ भने शब्द विवस देवान र चन्द्र चौधरी चाँदको रहेको छ । संगीत कमल कृष्णको रहेको छ। गीतमा पौराणीक कथावस्तुमा आधारित रहेको लेखक चन्द्र चौधरी(चाँद) ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *