ओझेलमा पर्दै थारु पौराणिक खेल

बैशाख २२,
कैलालीको टीकापुर पार्कमा “पौराणिक खेलकुद दिवस, सखि मिलन तथा संस्थापक गुरु बसन्त के.सीको जन्म दिन” मनाइएको छ । पौराणकि खेलकुदका खेलाडीहरु, प्रशिक्षकहरु, कलाकार, राजनितिज्ञ लगायतको उपस्थितिमा भव्यताका साथ कार्यक्रम मनाइएको हो । थारु समुदायमा खेल्ने पौराणिक खेल, कबड्डी, छुर, रानिभगावर, लस्री टनौवर, गुल्ली डण्डा, चोर–चोर, बुक्रीभाँरा, चेंहर चुग्घर, लौची डण्डा, अन्ध्री, नंग्री लगायत विभिन्न खेल संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको पौराणिक खेलकुद संस्कृति संरक्षण नेपाल आज लोप उन्मुख अवस्थामा छ । थारु समुदायको खेलकुदलाई संरक्षण तथा प्रवद्र्धन गर्ने एक मात्र संस्था आज संकटमा रहेको कार्यक्रममा उपस्थित बक्ताहरुले बताए । कला, संस्कृति, परम्परा जस्तै थारु समुदायमा खेलिने थारुहरुको आफ्नै खेल आज लोप भैसकेको र यस विषयमा थारु अगुवा, राजनितिज्ञहरुको चाँसो तथा ध्यान नगएकोप्रति पनि पौराणिक खेलाडीहरुको भनाई रहेको थियो ।

“२०–२५ वर्ष पहिले निरन्तर थारु समुदायमा खेलाईने खेल खेलाईन्थयो । संकटकाल आयो, कोरोना आयो तत्पश्चात यस विषयमा कसैको चाँसो तथा ध्यान गएन ।” भन्ने संस्थाका संस्थापक पौराणिक खेलकुद प्रमुख प्रशिक्षक वसन्त के.सी.को भनाई रहेको थियो । थारु समुदायको पहिचान दिने खेललाई जोगाउनु पर्छ । संरक्षण गर्नु पर्छ । यसको माध्यमबाट थारु मसुदायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु पर्छ । वहाँले भन्नु भयो । आफु असक्त अवस्थामा रहेपनि आफ्नो जन्म दिनका अवसर पारेर पौराणिक खेलकुद दिवस मनाइएको र यसबाट पौराणिक खेलकुदको विषयमा पुनर्ताजकी गराउने उद्देश्य रहेको पनि उनले बताए ।

सांस्कृति तथा सामाजिक समस्यालाई निराकरण गर्न नसक्नुको एउटामात्र कारण संघ, प्रदेश र स्थानिय तहको कानुन बाझिनु हो तर पनि हामी प्रयासरत छौं । भन्ने टीकापुर २ नं. वडा अध्यक्ष दिपक चौधरीले बताउनु भयो । त्यसै गरि हाम्रो अधिकार, पहिचान र नेतृत्वका लागि आफु राजनिति गर्दै आएको जानकी गा.पा.का पूर्व उपाध्यक्ष उमा महतोंले बताउनु भयो । सवै राजनितिज्ञहरुलाई पौराणिक खेलकुदलाई जगेर्णा तथा दस्तावेजीकरण गर्नमा आ–आफ्नो तहतप्काबाट सहयोग गर्न समेत वहाँले आग्रह गर्नु भएको छ। त्यस्तै भजनी न.पा. २ नं. वडाका वडाध्यक्ष दुर्गा पुनले हराउँदै गएको संस्कृति, परम्परा, पहिरन, खेलकुद संरक्षण गर्न आवश्यक रहेको बताउँदै भजनीमा ३५ विगहा क्षेत्रफलमा संस्कृति संग्रहालय स्थापनाका लागि छुट्याएको र दर्ता पनि गरिसकेको वहाँले जानकारी दिनु भयो ।

कार्यक्रम संस्थाका अध्यक्ष सीताजी बाँटरको सभापतित्व, जानकी गा.पा.का अध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मोहन्याल मा.वि. बास्कोटी बर्दगोरियामा अध्ययनरत कक्षा ८ का वार्षिक परिक्षामा सर्वोत्कृष्ट अंकबाट स्कुल टप भएकी दिव्या कठरिया, पौराणिक खेलकुद संरक्षण सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने उमा महतों र आधुनिक तथा लोक गायक खुशीराम रत्गैंयालाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रमलाई एस.पि.आर.एन. फोटो स्टुडियो एण्ड कास्मेटी व्यूटि पार्लर जोशीपुर ५ सिमरानाका पुरण चौधरीले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *