निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय १२ जनाले लिए सेवा

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ स्थित पिपरकोटीको वि.पि. आधाभुत विद्यालयमा शनिवारको दिन संचालन भएको एक दिन निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय १२ जनाले सेवा लिएका छन् । मलवारा पोलिक्लिनिक प्रा.लि. जोशीपुरको आयोजना तथा बाँणी कुलो जल उपभोक्ता संस्था लि.का अध्यक्ष एवं समाजसेवी वुद्धिजिवी विधिराम चौधरीको व्यवस्थापनमा संचालन भएको शिविरमा अल्ट्रासाउण्ड १ सय ९३ जना, स्त्री रोग ८९ जना, किड्नी स्टोन तर्फ ७१ जना, अर्थो हाडजोर्नी तर्फ १ सय ३२ जना, ब्लडप्रेशर र सुगर चेकजाँच तर्फ २३ जना, टि.वी र प्यारेलाईसिस् तर्फ ४ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा डा. सुजन राईको टोलीले निशुल्क चेकजाँच गरेको थियो ।

गरिव, विपन्न तथा अतिविपन्न वर्गका विरामीहरुलाई आफ्नै गाउँठाउँमा उनिहरुको स्वास्थ्य परिक्षण गराई रोगको पहिचान गरि उपचारमा समेत सहज बनाउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको व्यवस्थापक विधिराम चौधरीले बताउनु भयो । अव आउने दिनहरुमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले निशुल्क शिक्षा तथा स्वास्थ्यको निति ल्याउने आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

त्यसै गरि मलवारा पोलिक्लिनिक प्रा.लि.जोशीपुरको संचालक एवं स्वास्थ्यकर्मी विरेन्द्र डंगौराले यस क्षेत्रको जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गरिव, विपन्न, मुक्त कमैयाहरु आर्थिक अवस्था कमजोर भएका कारणले आफ्नो स्वास्थ्य चेकजाँच गर्न टाढा जान नसक्नेहरुका लागि स्थानिय स्तरमै निशल्क रुपमा स्वास्थ्य शिविर मार्फत सेवा दिईरहेको बताए । यस भन्दा पहिले पनि वरपरका अन्य स्थानिय तहमा समेत निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *