चिसो छल्न जोशीपुर जेसीजद्धारा दाउरा वितरण

माघ ३,
‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ । जेसीजको मुल ध्ययलाई मध्यनजर गरि जोशीपुर जेसीजले जोशीपुर बजारमा दाउरा वितरण गरेको छ। चिसोबाट बच्न बजारका व्यापारी तथा बजारमा आउने ग्रहाकहरु र आवत–जावत गर्ने बटुवाहरुलाई हात सेक्न तथा शरीरलाई न्यानो पार्ने उद्देश्यले बजारमा जेसीजले दाउरा वितरण गरेको हो।

चिसो बढेसँगै बजारमा जताततै दाउरा बालेर आगो तापिरहेको दृश्य देखीएता पनि दाउराको समस्या भएको बजारबासीहरुका भनाईलाई मध्यनजर गर्दै जोशीपुर जेसीजले दाउरा वितरण गरेको कार्यक्रमका संयोजक जोशीपुर जेसीजका कार्यकारी उपाध्यक्ष सुशील चौधरीले बताउनु भयो ।

जोशीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष भरत डंगौरा, महासचिव भुमी सागर सुनार लगायत बोर्ड पदाधिकारीहरु, पूर्व अध्यक्षहरु त्था व्यापारीहरुको उपस्थितिमा दाउरा वितरण गरिएको थियो । अलिकती भए पनि जेसीजले दाउरा वितरण गरेकोमा बजारका व्यापारीहरु लगायत स्थानियवासीहरुले जेसीजले राम्रो कार्य गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *