नेपाल सांस्कृतिक महासंघ गा.पा.स्तरिय सांस्कृतिक कमिटि गठन/सभापतिमा चन्द्रीका चौधरी

असार ३१,
कैलालीको जोशीपुरमा नेपाल सांस्कृतिक महासंघ जोशीपुर गाउँपालिका स्तरिय सांस्कृतिक कमिटि गठन भएको छ। नेपाली कंग्रेस जोशीपुर गाउँपालिका सभापति बंशराम वडायकको सभाध्यक्षता, संविधान सभा सदस्य पूर्व माननिय बुद्धिसागर चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल सांस्कृतिक महासंघ केन्द्रिय उप–सभापति सुरत रावत (डोटेली कान्छा) र ने.का. कैलाली जिल्ला पुर्व उपसभापति विर बहादुर हमालको विशिष्ट आतिथ्यतामा कमिटि गठन भएको हो ।
सांस्कृतिक महासंघ स्थानीय तह अधिवेशन २०८० बाट सभापतिमा चन्द्रिका चौधरी, उप–सभापतिमा जय कुमारी चौधरी, सचिवमा खुशीराम चौधरी, कोषाध्यक्षमा विश्राम चौधरी सदस्यहरुमा काशीराम चौधरी, चेतराज चौधरी, प्रेमलाल चौधरी, रामदिन डंगौरा, टिका बोहरा, फागुराम चौधरी र सुस्मीता मौनि सर्व सहमतिबाट चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि पूर्व माननिय चौधरीले अधिवेशनबाट चयन भएको कमिलाईकार्यकालको शुभकामना तथा बधाई दिनु भएको छ । “संगठन बलियो हुन्छ भने लोकतान्त्रिक शासन व्यवस्था बलियो हुन्छ । जतिजति वेला नेपाली कांग्रेस कमजोर भएको छ त्यो समयमा नेपाली जनताले हक अधिकारबाट बञ्चित भएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मजबुत गर्नको लागि, पुर्खाहरुले हाल सम्म संघर्ष गरि स्थापना गरिएको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान संरक्षणका लागि तथा लोकतान्त्रिक संस्कृति र लोकतान्त्रिक चरित्रीक विकास हुन जरुरी छ ।” वहाँले बन्नु भयो ।
त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि विर बहादुर हमालले पनि नयाँ कार्य समितिलाई बधाई दिनु भयो । वहाँले कार्यक्रमलाई सम्बोधन गर्दै रघुनाथ आदर्श बहुमुखी क्याम्पसको समस्यालाई पनि जोड्नु भएको थियो । गरिव किसानका वच्चा पढ्ने यो क्याम्पसको आर्थिक अवस्था निकै कमजोर रहेकोले यस भन्दा अगाडी स्थानिय तहबाट आर्थिक सहयोग मागि क्याम्पस संचालन गर्दै आएको वहाँले बताउनु भयो । अव उपरान्त नागरिक उन्मुक्ति पार्टीको स्थानिय सरकार आए पश्चात नेकपा एमाले, विपलव र नागरिक उन्मुक्ति पार्टीको षडयन्त्रमा क्याम्पसको व्यवस्थापनका लागि पैसा अनुदान नदिने वरु विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अगाडी बढाएकोमा गुनासो व्यक्त गरेका थिए । उनले भने “विद्यार्थीलाई यसरी छात्रवृत्ति दिईयो भने क्याम्पस बन्द हुन सक्ने अवस्था आउन सक्छ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *