
असार १६,
कैलालीको जोशीपुर गाउँपालिकामा अवस्थित सभाहलमा जनप्रतिनिधिहरुसँग क्षयरोग सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा अन्तरकृया भएको हो । माईक्रोव्याक्टेरियम ट्युवरक्लोसिस नामक किटानुबाट हुने यो सरुवा रोगलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने उद्देश्यले यो अन्तरकृया गरिएका थियो । सन् २०५० सम्म यो पूर्ण रुपले निमूल पार्ने विश्वव्यापी अभियानलाई सफल बनाउन यो अभियान संचालन गरिएको क्षयरोग सम्पर्क व्यक्ति स्वास्थ्य कार्यालय कैलालीका देव जोशीले बताउनु भयो । हाल सम्म यस वर्ष जोशीपुरमा ९० जना क्षयरोगीहरु रहेको डाटा समेत वहाँले बताउनु भयो ।
खोक्दा, हाच्छ्यु गर्दा सर्ने क्षयरोगको न्यूनिकरणका लागि जोशीपुर स्वास्थ्य शाखाले पहल गरिसकेको जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप चौधरीले बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्रमा आएका विरामीहरुलाई क्षयरोगको संका लागेमा तुरुन्त चेकजाँच गराउने पहल भई रहेको पनि वहाँले बताउनु भयो । त्यसै गरि क्षयरोगलाई निर्मूल गर्न पालिकाबाट हुन सक्ने प्रयास र पहलका लागि सदैव सकरात्मक रहने जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।