
गायिका समिक्षा चौधरी र गायक एरेन्जर तथा कम्पोजर गणेश चौधरीको स्वरमा रहेको “पायलीया” भन्ने थारु गितको भिडियो वि. एण्ड जी. ईन्टरटेनमेन्ट नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । जसमा मोडल विर चौधरी र मुस्कान चौधरीको अभिनय हेर्न सकिन्छ।
विर र मुस्कानको प्रेम कहानीमा ट्वीस्ट के छ ? गीतमा विरले मुस्कानको हत्या गरेका छन् । किन हत्या गरियो ? के छ कथा वस्तु ? बुझ्नको लागि गीतको भिडियो हेर्नुपर्ने गीतका निर्देशक हिरा चौधरीले बताए। नवलपुर गैडाकोटको थुम्सी भन्ने स्थानमा छायाँकन गरिएको यो भिडियो व्यापक चर्चा पाउने पनि वहाँले बताउनु भयो । यो गितमा सिनेमाटोग्राफी मेड म्याक्स (विक्रम चौधरी) को रहेको छ। त्यसै गरि कोरियोग्राफि किरण सुनम र अजय महतोको रहेको छ। गतिलाई सम्पादन सुरेश महतोले गर्नु भएको छ भने सहनिर्देशकमा नितेश जंग सि.ओ.वाई रहेका छन् । गीतका निर्माता गणेश चौधरी रहेको छन् ।