
असार ९,
कैलालीको जोशीपुर गाउँपालिकामा निति तथा कार्यक्रम शनिवार सम्पन्न भएको छ। जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, न्यायिक समिति, सार्वजनिक सेवा तथा सुशासन, पूर्वाधार, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पशुसेवा, विपद व्यवस्थापन, भूमि व्यवस्थापन, राजस्व व्यवस्थापन, अन्य विषयहरु रहेको छन् । अध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ।
कृषि
प्रत्येक वार्डमा उच्च बजार मूल्यका फलफुल, तरकारी तथा नगदेवालीको पकेट क्षेत्र निर्धारण गरि एक वार्ड एक विशेष उत्पादन कार्यक्रम संचालन गरिने छ।
रैथाने वालीहरुको संरक्षणका लागि विशेष विशेष कार्यक्रम संचालन गरिने छ र पालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानिय परिकारको ब्राण्डको रुपमा खाना उपलब्ध गराईनेछ ।
उत्पादित कृषि जन्य उपजको लागि शित भण्डारको व्यवस्था गरिनेछ।
मासु पसल तथा बधशालाहरुको पूर्वाधार स्तरोन्नी गरि स्वास्थ्य मापदण्डमा आधारित तुल्याईने छ।
विचौलियाबाट उत्पादन माथि हुने ठगी तथा शोषण नियन्त्रणका लागि उत्पादन लागत, थोक तथा खुद्रा मुल्य विश्लेषण गर्दै मुख्य कृषि उपजको गाउँपालिका भित्र समर्थन मूल्य निर्धारण गरिने छ।
एक टोल एक महिला कृषक समुह गठनको निति लिईनेछ ।
बजार अनुगमनलाई प्रभावकारी बनाईने छ। साथै पालिका भित्र रहेका संभावित बजारहरुमा हाटबजार बाहै्र महिना चलाउन आवश्यक प्रबन्ध गरिने छ।
पालिका भित्र रासायनिक मलको दरभाउ एकरुपता कायम गरिने छ।
गाउँपालिकाका कृषकको उत्पादनको गुणस्तर कायम गरि कृषि उपजको आयात व्यवस्थापन गरिने छ।
व्यवसायिक कृषि पकेट क्षेत्रमा सिचाई कृषि सडक विद्युतिकरण कृषि बजार शित भण्डार तथा गोदाम घरको पूर्वाधार निर्माको अवधारणा लिईनेछ ।

स्वास्थ्य
सम्पूर्ण पालिकावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिका स्तरीय एकीकृत स्वास्थ्य शिविर संचालन गरिनेछ ।
मानव स्वास्थ्यलाई गम्भिर प्रतिकूल असर पार्ने मदिरा, चुरोट, सुर्ती, खैनीको बेचविखनको प्रतिबन्धलाई निरंतरता लगाईने छ।
गुणस्तरीय स्वास्थ्यमा आम नागरिकको महुचको सुनिश्चितताका लागि १५ शैया अस्पताल निर्माणको कार्य आरम्भ गरिने छ।
गाउपालिकाका नागरिकहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै डेंगु तथा मलेरिया लगायतका रोगहरुबाट बचाउन निश्चित मापदण्डका आधारमा झुलको व्यवस्था गरिनेछ।
प्राथमिक स्वास्थ्य केन्द्र मुद्धिमा विरामी भर्ना सहित चौविसै घण्टा ईमर्जेन्सी सेवा संचालन तथा सो संस्थामा सुत्केरी हुन नसकेका गर्भवतीलाई डाक्टरको रेफर अनुसार निशुल्क एम्बुलेन्स सेवाका लागि आवश्यक व्यवस्था गरिनेछ।
सिमान्तकृत गरिव मुक्तकमैया तथा पछाडी परेका जनसमुदायहरुलाई निशुल्क स्वास्थ्य विमा गरिने छ।
गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा प्रत्येक महिनाको एक पटक निशुल्क भिडियो एक्सरे सहित ःद्यद्यक् डाक्टर सहित सेवा उपलब्ध गरिने छ।
गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क सिकलसेल एनेमियाको परिक्षण गर्ने व्यवस्था मिलाईने छ।
गाउँपालिका भित्र रहेका महिलाहरुलाई निःशुल्क प्याड वितरणको व्यवस्था मिलाईनेछ।