हाम्रो संस्कृतिसँगै पहिचान पनि धरापमा छः रेशम चौधरी

जेठ १९,
कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई एक कार्यक्रमका विच भव्य स्वागत गरिएको छ। जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभापतित्वमा स्वागत कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थारु संस्कृतिसँगै पहिचान पनि धरापमा परेको कार्यक्रमका प्रमुख अतिथि रेशम चौधरीले बताउनु भयो । “थारुहरुको आफ्नै संस्कृति, परम्परा, चालचलन, रितिरिवाज रहेको छ । त्यहि संस्कृति, परम्परा, चालचलन, रितिरिवाजनै हाम्रो पहिचान हो । त्यही झुम्रा नाथ, लट्ठहुवा नाच, बर्का नाच, मुंग्रहुवा नाच, कठरिया होरी नाच, धमार गित, सोडेनी प्रथा, गुरुवा, बैदावा, भलमन्सा प्रथा नै हाम्रो पहिचान बचाएको छ । तर यि विषयहरु नेपालको संविधानमा उल्लेख छैनन् । संविधिानमा उल्लेख नभएकै कारण हामी हाम्रो हक अधिकारबाट बन्चित भइरहेका छौं । पिछडिएका छौं । हामीले हाम्रो पहिचान जोगाउन आवश्यक छ ।

परम्परागत प्रथालाई जोगाउन आवश्यक छ। पहिचानको लडाई नै हाम्रो लडाई हो। कुनै जाती, धर्म, लिंग, समुदाय सँग हाम्रो लडाई होईन् ।” वहाँले भन्नु भयो । आफ्नो समाजको पहिचानको लागि अझै ठुलो संबैधानिक लडाई लड्नु पर्ने पनि पहिचान वादी नेता रेशम चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *