
जेठ १७,
कौलालीको जोशीपुरमा स्वास्थ्य कर्मीहरुले जोशीपुर गाउँपालिकामा ताला बन्दी गरेका छन् । कार्तिक महिना देखी हाल सम्म तलब भत्ता नखाई काम गरेको र यस प्रति स्थानिय सरकार गम्भीर नभएको भन्दै उनिहरुले जोशीपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विगत देखि संघीय सशर्त अनुदान नआउँदा तलब नपाएको अवस्था वारे गाउँकार्यपालिका जानकार रहेको र सो तलब निकासाको लागि पटक पटक संघीय सरकारसँग पहल गरेको साथै एक महिनाका लागि अपुग रकम मिति २०८० साल जेठ २८ गते सम्म स्वास्थ्यकर्मीहरुलाई निकासा गर्ने कार्यपालिकाको आजको निर्णय भएता पनि यस गाउँ कार्यपालिकाको कार्यालयमा स्वास्थ्यकर्मीहरुले तालाबन्दी गरि कर्मचारीको आचरण विपरित कार्य गरेको हुँदा तालाबन्दी तत्काल खोलि यथाशीघ्र आफ्नो कार्यालयमा फर्कन सूचित गरिएको गा.पा.ले प्रेस विज्ञप्ती जारी गरिए पश्चात ताला खोलिएको थियो ।

कर्मचारीहरुले बाध्यात्मक रुपमा सम्बन्धित निकायमा सेवा प्रभावित पार्न दवाव स्वरुप विभिन्न आन्दोलन गर्नु स्वभाविक हो । तर गाउँपालिका र स्वास्थ्यकर्मी विच आन्दोलनको क्रममा छलफलमा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार धम्की लगायत जेठ १७ गते जोशीपुर गाउँपालिकाले प्रेस विज्ञप्ती अनुसार एकपक्षिय रुपमा भएको निर्णय प्रति घोर आपत्ती जनाउँदै तलब भत्ता भुक्तानी नहुँदा सम्म कर्मचारीहरु आफ्नो कार्य क्षेत्रमा कामकाज गर्न बाध्य हुने छैनौ र सेवाग्राहीहरु प्रति हुन जाने असुविधाको सम्पूर्ण जिम्मेवारी स्वंम् गाउँपालिकाको हुनेछ भन्दै स्वास्थ्यकर्मीहरुले पनि विज्ञप्ति गरेका छन् ।
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरु अलपत्र छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा वाहेक सवै सेवा बन्द छ ।
