सामाजिक रुपान्तरणमा सक्रिय बन्दै जोशीपुर जेसीज

बैशाख ३०,
कैलालीको जोशीपुर जेसीज सामाजिक रुपान्तरणमा सक्रिय बन्दै गएको छ । जोशीपुर जेसीजले यस जोशीपुरमा विभिन्न सामाजिक कार्य गर्दै सामाजिक रुपान्तरणमा सक्रिय भुमिका खेलिरहेको देखिन्छ । बनसँग समन्वय गरि डढेलो नियन्त्रण सम्बन्धी जनचेतना, सामाजिक अगुवाहरुसँग अन्तरकृया तथा शुभकामना आदानप्रदान, जोशीपुर ४ वाँणीमा अवस्थित धार्मिक स्थल बाणेश्वर बाबा शिव मन्दिर धाम र महाशक्ति पिठको रुपमा रहेको कुट्नी माताको दरवार सरसफाई जस्ता विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भमिका खेलिरहेको देखिन्छ ।

सन् २०१३ सालमा स्थापना भई सामाजिक रुपान्तरणका लागि विभिन्न कार्य तथा अभियान संचालन गर्दै आएको जोशीपुर जेसीज पहिला पहिला जेसीज के हो ? यसले के काम गर्दछ ? भन्ने प्रश्नहरु जोशीपुरका स्थानिय बासिन्दाहरुको मनमा कौतुहलता तथा जिज्ञासा रहेको थियो भने अहिले सामाजिक क्षेत्रमा सेवामुलक महत्वपूर्ण कार्य गर्ने १८ देखि ४० वर्ष मुनिका युवाहरुको जमात रहेको आम समुदायमा यसले आफ्नो बेग्लै पहिचान बनाई सकेको सर्वसाधरणको बुझाई छ । यति मात्र नभई जोशीपुर जेसीजले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै यस क्षेत्रलाई परिचित गराउँदै आएको छ ।

बैशाख ३० गते शनिवार जोशीपुर जेसीजले यस क्षेत्रका युवा वर्गलाई आफ्नै भवनमा स्किल डेभलोपमेन्ट एण्ड मोटिभेश्नल प्रोग्राम सञ्चालन गरि तालिम दिएको छ । प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जोशीपुर जेसीजका बोर्ड पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्षहरुको उपस्थितिमा तालिम दिईएको थियो ।

वर्ष २०२३ का अध्यक्ष धर्मेन्द्र विष्ट को अध्यक्षता, वर्ष २०२३ का उपाध्यक्ष जीवल लाल डंगौराको संयोजकत्व तथा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष गणेश बहादुर साउँदको प्रमुख अतिथ्यतामा तालिम संचालन भएको थियो । तालिमलाई महासचिव भरत डंगौराले शहजीकरण गर्नु भएको थियो भने नेपाल जेसीजका पूर्व उपाध्यक्ष गणेश बहादुर साउँदले प्रशिक्षण दिनु भएको थियो ।

नेतृत्व तथा व्यक्तित्व विकाश संगै उद्यमशीलताको विकासमा समेत जेसीजले महत्वपूर्ण भुमिका खेल्ने र तालिममा क्षमता विकाश र उत्प्रेरणा मूलक सिकाई भएको प्रशिक्षार्थीहरुको भनाई रहेको थियो । कार्यक्रम जोशीपुर गाउँपालिका र एसियन लाईफ ईन्सोरेन्सको सहयोग तथा समन्वयमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *