जोशीपुरमा मनाईयो अन्तर्राष्ट्रिय मजदुर दिवस

कैलालीको जोशीपुरमा भव्यताका साथ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । डकर्मी मजदुर संघ उपशाखा जोशीपुर कैलालीको आयोजनामा दिवस मनाइएको हो । डकर्मी मजदुर संघ उपशाखा जोशीपुरका अध्यक्ष पहलमान सिंह डंगौराको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

यस जोशीपुर क्षेत्रका मजदुरहरु एकजुट भई अन्तर्राष्ट्रिय मजदुर दिवसमा एक्यवद्धता जनाउन आवश्यक रहेको प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बक्तव्य व्यक्त गर्नु भयो। “यहाँ दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने धेरै छन् । यिनिहरुलाई व्यवस्थित गर्न युनियन बनाई तालिम दिन आवश्यक छ ।

ठेकदारले काममा लगाएका लेवरहरुको हुन सक्ने आकस्मिक दुर्घटनाको अनावश्यक खर्चबाट जोगिन विमा गर्न जरुरी छ।
गुणस्तरिय रुपमा कार्य सम्पादन गर्न सरकारले ठेकदारहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नु पर्ने तथा संचालनमा रहेको फर्मलाई पालिकामा दर्ता गरि राजश्व संकलनमा सहयोग गर्न समेत वहाँले आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *