
कैलालीको जोशीपुरमा थाकस र भलमन्सा विच छलफल भएको छ। जोशीपुर गाउँपालिका भरि करिव ५२ गाउँका भलमन्साहरु र थारु कल्याणकारिणी सभा कैलालीका कार्य वाहक अध्यक्ष माधव चौधरी, थारु अगुवा नागरिक समाजका संयोजक दिल बहादुर चौधरी, अधिवक्ता जोहारीलाल चौधरी, लाहुर्निपका दुर्गा यम्फु राई, समाजसेवी वुद्धिजिवी चुन्नी राम चौधरी लगायतको उपस्थितिमा छलफल तथा अन्तरकृया सम्पन्न भएको थियो ।
जोशीपुर गाउँपालिकामा भलमन्सा सम्बन्धि ऐन बनेपनि कार्यन्वयन भने हुन नसकेको जोशीपुर गाउँपालिका भलमन्सा संयोजक शक्ताराम चौधरीको भनाई रहेको थियो । वहाँले भन्नु भयो “भलमन्सा ऐनको किताव जोशीपुर गाउँपालिका भित्रका भलमन्साहरुलाई वुझाइएको छ । त्यो ऐन जनप्रतिनिधिहरुको लागि मात्र छ भलमन्साहरुको हकअधिकारको लागि छैन । यसमा धेरै कुराहरु सुधारेर लैजान आवश्यक छ” हकहितका लागि मात्र छ भलमन्साहरुको हकहितका लागि ऐन बनेको छैन

त्यस्तै भलमन्सा सँगै चिरक्या, गुरुवा र सोरिन्ह्याहरुको हक अधिकारलाई समेटेर कानून बनाउन जरुरी रहेको थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरीले बताउनु भयो। यस क्षेत्रका भलमन्सा, चिरक्या र गुरुवाहरुलाई केहि दिन भित्रै भलमन्सा कानून ऐन सम्बन्धि तालिम दिने पनि वहाँले बताउनु भयो । त्यसै गरि लाहुर्निपका अध्यक्ष दिनेश घले बडघर ऐन संविधानसँग नबाझिने गरि अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरि विषय बस्तुमा छलफल गरिनु पर्ने बताउनु भयो । पुष्तौं देखि चलिआएको भलमन्सा प्रथालाई जोगाई राख्न आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।
