
पुष १,
कैलालीको जोशीपुरमा लोकसेवाका लागि तयारी कक्षा सञ्चालन हने भएको छ। जोशीपुर गाउँपालिकाले यस जोशीपुर गाउँपालिका क्षेत्र अन्तरगतका विद्यार्थीहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न आवेदन पेश गर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ। आ.व. ०७९/०८० अन्तरगत गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम अन्तरगत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको सूचनामा उल्लेख छ । लोकसेवा तयारी गर्न चाहने ईच्छुक व्यक्ति जोशीपुर गाउँपालिका अन्तरगत स्थायी बसोबास गरेको हुनुपर्ने छ । ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मिति देखि १ हप्ता भित्र आवेदन फारम भरि सम्बन्धित वडामा बुझाई सक्नुपर्ने छ।
