
जोशीपुर,
कैलालीको जोशीपुुरमा मिति २०७९/०८/२० गते २०ः५० बजेको समयमा गाउपालिका ६ कुमारी बाग स्थित ऐ.बस्ने बर्ष ५० को गौरीलाल ढुङगानाले ऐ.ऐ. भगतपुर बस्ने नवराज भण्डारीको छोरा बर्ष ४० को जयराज भण्डारी र ऐ.ऐ. बस्ने दिर्घ राज भण्डारीको छोरा बर्ष ३२/३३ को पदम राज भण्डारी लाई धारीलो हतियार हसिया प्रहार गरी सक्त घाईते बनाई फरार रहेको निज दुबै जना घाईतेहरुलाई उपचारको लागी टिकापुर अस्पताल कैलालीमा पठएको थियो । दुबै जना घाईतेको अवस्था सिरियस, निज हसिया प्रहार गर्ने गौरीलाल ढुङगानाको खोजतलास कार्य भई रहेको छ भने उक्त स्थानमा प्र.ना.नि. चङख कठायतको कमाण्डमा ५ जनाको टोली र ई.प्र.का. भजनीबाट प्र.नि. धर्मेन्द्र खड्काको कमाण्डमा ७ जनाको टोली खटि गएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ। ऐ.२१ः३० बजे घाईते दुबै जना टिकापुर अस्पतानमा पुगी डा.ले चेकजाच गर्दा घाईते पदम राज भण्डारीलाई मृत्यु घोषण गरेको र अर्को घाईते जयराज भण्डारीलाई थप उपचारको लागी ऐ.२१ः४० बजे कोहलपुर रिफर गरेको जानकारी छ।