अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान

मंसिर १७,
कैलालीको जोशीपुरमा भव्यताका साथ ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ। जोशीपुर गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको भव्य कार्यक्रमको मूल नारा “समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” रहेको थियो ।

“अपाङ्ग हामी सवै एक हौं, अपाङ्ग मैत्रि भौतिक संरचना निमार्ण गरौं, अपाङ्गताहरुका लागि शिक्षा, स्वास्थ्य स्वरोजगारको ग्यारेन्टी गर” जस्ता नारा लगाई जोशीपुर बजार परिक्रमा गर्दै सुरु भएको कार्यक्रममा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्दै गा.पा.ले ३४ ओटा व्लाङ्केट र ४० वटा थर्मस वितरण गरेको छ। त्यसै गरि हिन्न नसक्ने २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर पनि वितरण गरेको छ ।

दोस्रो विश्व युद्ध पश्चात विश्वमा आमूल परिवर्तन भयो । व्यवस्था परिपर्वतन भयो तर व्यवस्था परिवर्तनका लागि लडेर लाखौं मानिस अपाङ्ग भए । व्यवस्था परिपर्वतन भयो तर त्यहि विश्व युद्धमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था परिवर्तन हुन नसकेको अपाङ्गगता परिचय पत्र समन्वय समिति सदस्य तथा सिर्जनशिल अपाङ्गता सशिक्तकरण समाज जोशीपुरका संस्थापक अध्यक्ष जगत चौधरीले बताउनु भयो ।

अपाङ्गताको कार्ड पाउनलाई जिल्ला जानु पथ्र्यौ, अहिले स्थानिय तहमा सजिलै कार्ड बनाउनु सकिने भएकोले खुशी लाग्यो तर अपाङ्गगता मैत्रि भवन कहाँ छ ? शिक्षा, स्वास्थ्यको ग्यारेन्टी कहाँ छ ? राजनितिक अवस्था कहाँ पुगि सक्यो ? समानताको हक कहाँ छ ? खोज्ने बेला आएको छ । वहाँले भन्नु भयो । भन्ने वेला लक्षित वर्ग भनिन्छ तर लक्षित वर्गलाई कुनै सेवा सुविधा दिईएको छैन । गा.पा.मा विभिन्न शाखा छन् तर अपाङ्गको माग सम्बोधन गर्नेका लागि कुनै शाखा छैन भन्ने गुनासो पनि वहाँले गर्नु भएको छ।

गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले अपाङ्गता भएका व्यक्तिहरुको मागलाई सम्बोधन गर्ने बताउनु भयो । वहाँले अपाङ्गता भएका व्यक्तिहरुकोलागि स्वरोजगारको कार्यक्रमलाई अगाडी सार्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ। गाउँपालिकामा डाटा भएका सवैलाई एकै पटक सुविधा दिन नसकेपनि डाटालाई अध्ययन गरि सवैलाई नछुटाईकन सेवा मिल्ले पनि वहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *