मंसिर ४ का लागि मतदाता शिक्षा आवश्यक छः प्र.प्र.अ. विष्ट

कैलालीको जानकी गाउँपालिकामा मतदाता सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बदर मतको प्रतिशतलाई कम गर्न र मतदाताको सहभागिता वृद्धि गर्न सुसुचित मतदाता तयार गर्नका लागि निर्वाचन आयोगबाट स्वीकृत मतदाता शिक्षा कार्यक्रम (समुदाय स्तर÷घरदैलो), २०७९ प्रभावकारी रुपमा कार्यान्वयन गर्न जानकी गाउँपालिका मतदाता शिक्षा समन्वय समिति (स्थानिय तह स्तर) का संयोजक एवं गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टको सभापतित्व तथा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यतामा मतदाता शिक्षा स्वयंसेवक तथा वडा सचिवहरुलाई मतदाता शिक्षा सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिइएको छ।

बदर मत प्रतिशत कम गर्न तथा मतदाताको सहभागिता वृद्धि गर्न मंसिर ४ का लागि मतदाता शिक्षा आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले बताउनु भयो ।

त्यस्तै स्थानिय तहको निर्वाचनमा बदर मत प्रतिशत वढि देखिएकोले मतदाता शिक्षा अति आवश्यक रहेको बताउदै मतदाता शिक्षा गाउँगाउँ टोलटोलमा दिन आवश्यक रहेको प्रमुख अतिथि गा.पा. अध्यक्ष गणेश चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *