
असोज ४,
कैलालीको भजनी नगरपालिका अन्तरगत वाढीमा ज्यान गुमाउनेहरुको परिवारलाई संघिय सरकारबाट जनही २/२ लाख रकम हस्तान्तरण भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावल, सांसद विरमान चौधरी, भजनी नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायतको उपस्थितिमा सो रकम भजनी ८ गोड्चौराका ६० वर्षीय कालु राम चौधरी र वडा न.९ का बिनोद राजीलाई रकम हस्तान्तरण गरिएको छ ।

वाढीमा ज्यान गुमाउनेहरुको परिवारलाई संघिय सरकारले जनही २/२ लाख, प्रदेश सरकारले जनही १/१ लाख र प्रदेश सरकारले क्रिया खर्च स्वरुप २० हजार दिने कानुन मन्त्रि डा. रण बहादुर रावलले बताउनु भयो । वहाँले वाढीमा पूर्ण रुपले क्षेति भएको परिवारलाई समेत ५०/५० हजार दिने प्रदेशमा निर्णय भएको पनि बताउनु भयो । पिडित तथा विस्तापित भएका घरपरिवारलाई विभिन्न संघसंस्थाालाई सहयोग तथा सहकार्यका लागि अनुरोध गर्दै यो विपतको समयमा पार्टी नहेरि राजनितिक स्वार्थ भन्दा माथि रहेर सहयोग गर्नुपर्ने पनि बताउनु भयो ।

त्यस्तै विस्थापित परिवारलाई नेपाल रेडक्रसले त्रिपाल वितरण गरेको छ । भजनी नगरपालिका वडा नं. ९ का विस्थापति परिवारलाई रेडक्रसले त्रिपाल वितरण गरेको हो ।

वाढी पिडित भजनी ८ निवासी सिताराम जोशीले वर्षेनी वाढी लाग्ने यो क्षेत्रमा सरकारले प्रत्येक वर्ष राहतका नाममा चिउरा, चाउचाउ, पानी, भुजा, त्रिपाल बाड्ने गर्छ यस्तो राहत वितरण नगरि दिर्घकालिन समाधानका रुपमा प्रत्येक घरमा ५ देखि ६ फिट उचाई सम्मको जग सरकारले बनाई दिन आवश्यक रहेको बताए । यसबाट वाढीको समयमा अन्न, लुगाकपडा, पशु चौपाया लगायत सवै धनजन सरक्षित हुने र मानविय क्षेति हुनबाट पनि जोगिने वहाँले बताउनु भयो । सवै वाढीले बगाए पछि यस क्षेत्रका कृषिहरुकाको समस्यालाई कसले हुर्ने ? खाली चिउरा चाउचाउ वाडेर के हुन्छ ? कृषकहरु खादमल, विउ कहाँबाट ल्याउने ? भन्दै यस विषयमा स्थानिय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको पनि वहाँले बताउनु भयो ।

त्यस्तै भजनी न.पा. वडा नं. ९ डोङपुर पुरै गाउँ नै विस्थापित भएको छ। १ सय ६५ घरघुरी पूर्ण रुपमा क्षेति भई विस्थापित भएको गाउँबा वुद्धिजिवी रामकुमार चौधरीले बताए । विस्थापित परिवारको खाने खाना, पिउने पानी, स्वास्थ्यका लागि औषिधि, विद्युत लगायत धेरै समस्याहरु आएको पनि उनेले बताए ।
