जोशीपुरमा २ हजार ८ सय घरधुरी बाढी प्रभावित/ गा.पा.अध्यक्ष आफै अनुगमन तथा राहत वितरणमा

असोज १,
कैलालीको जोशीपुर गाउँपालिका भरि २ हजार ८ सय भन्दा वढि घरधुरी वाढी प्रभावित भएको छ। वडा नं. १ मा ४ सय १६, वडा नं. २ मा ५ सय, ३ नं. मा ७९०, वडा नं. ४ मा ४ सय ७, वडा नं. ५ मा १ सय ४५, वडा नं. ६ मा १ सय ९० र वडा नं. ७ मा १ सय ५० घरधुरी वाढी प्रभावित रहेको सम्बन्धित वडा अध्यक्षहरुले जनाएका छन् ।

प्रत्यके वर्ष वाढी प्रभावित हुने जोशीपुरको ३ नं. वडा बन्जरिया, फिडिया, भितरिया, ४ नं. वडाको बाँणी, झवही, हस्नापुर, कमलपुर डहरवेरिया र ७ नं. वडाको घैला बौनिया, धैरेनी गाउँ वढि प्रभावित भएको छ। २ दिनको लगातार भिषण वर्षाले जोशीपुर मात्र होईन भजनी नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका समेतलाई प्रभाव पारेको छ।

जोशीपुर गाउँपालिका विपत व्यवस्थापन समिति, जनप्रतिनिधिहरु, नेपाली सेना, जोशीपुर जेसीज, यूवा सञ्जाल जोशीपुर, ईलाका प्रहरी कार्यालय जोशीपुरको संयुक्त टोलीले उद्धार तथा राहत वितरणमा खटेको थियो। प्रत्येक्ष प्रभावित क्षेत्रमा जोशीपुर गाउँपालिकाले गाउँगाउँमा गई पानी, चाउचाउ, चिउरा, भुजा वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी लगायत सवै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु अहोरात्र खटि वाढी प्रभावित गाउँवासीहरुलाई सहयोग गरेका छन् ।
जोशीपुर बजारमा प्रसिद्ध विद्या निकेतन, मुनामदन ट्रेडर्स, उमा एण्ड घिमेरे, ज्ञवाली ट्रेडर्स, डेनिज होटल, स्टार कटेज, सम्रात चाईनिच सेन्टर लगायत थुप्रै पसलमा पानी पसेर क्षति भएको छ । बजारमा पानीको निकास नहुँदा यस्तो भएको व्यापारीहरुले बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *