कैलाली जोशीपुरमा ढकीया लिड गर्दै

बैशाख ३१,
कैलालीको जोशीपुरमा पहिलो चरणको मत परिणाम प्रकाशित भएको छ । वडा नं. १ को ६१० मत गणना भएको छ । जस मध्य गाउँपालिका अध्यक्ष पदको मतपरिणाम अन्तरगत सुर्य चिन्हले ४४, रुखले ११२, छाताले १६, हलोले १५०, नमस्कारले १ र ढकियाले सवैलाई लिड गर्दै १७० मतप्राप्त गरेको छ। जसमध्य ११७ मत बदर भएको छ।
त्यसै गरि गा.पा. उपाध्यक्षमा सुर्य ३१, रुख १२६, हसिया हथौडा ५०, छाता ७, हलो ७४ र यसमा पनि ढकियाले लिड गर्दै १७३ मत प्राप्त गरेको छ। जसमा १४९ मत बदर भएको छ।
वडा अध्यक्ष तर्फ सुर्य ८१, रुख १०१, छाता ३, हलो ५८, खरायो २६, कैचि ९४ र यसमा पनि ढकियाले सवैलाई लिड गर्दै १७१ मत प्राप्त गरेको छ। ७६ मत भने बदर भएको छ।
महिला सदस्य तर्फ सुर्य ४३, रुख ११३, हलो ८६ र ढकियाले १८३ मत प्राप्त गरेको छ । बदर मत भने १८५ रहेको छ।
दलित महिला तर्फ सुर्य ३९, रुख ११४, हलो ८० र ढकिया १८६ मत प्राप्त गरेको छ। १९१ मत बदर भएको छ।
खुल्ला तिर एक चिन्ह भएको वडा सदस्य तर्फ सुर्य ९२, रुख १०३, हलो ७८ र ढकियाले १८१ मत प्राप्त गरेको छ । १५५ मत भने बदर भएको छ।
खुल्ला तिर दुई चिन्ह भएको वडा सदस्य तर्फ सुुर्य ४७, रुख १००, छाता १, हलो १०० र ढकियाले १७६ मत प्राप्त गरि अग्र स्थानमा रहेको छ। बदर मत १८७ रहेको छ।
पूर्ण रुपमा बदर भएको मत भने ३२ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *