
बैशाख १६,
कैलालीको जानकी गाउँपालिका वडां. ६ नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा मनोनय दर्ता गरेका गायक डम्बर वि.क. आफ्नो जन्मभूमिलाई स्मार्ट बनाउछु भन्ने भिजनलाई अगाडी सारेका छन् । सांगितिक क्षेत्रमा अतुलनिय योगदान दिएका वि.क. अव युवाहरुले समाजीक नेतृत्व लिन आवश्यक रहेको बताए । आफु जन्मेको गाउँ समाजको विकास गर्न, गाउँको बाटोघाटो, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, स्वरोजगार, संचार, खानेपानी, स्मार्ट गाउँ, विभिन्न विभेदको अन्त्य गर्न, कृषी क्षेत्रलाई नयाँ योजनाका साथ अगाडी बढाउन आफु उमेद्वारी दिएको उनले बताए ।