कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने राप्रपाको प्रतिवद्धता

जोशीपुर/बैशाख १४,
कैलालीको जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा सम्पन्न भएको छ । चुनावी आमसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी जित्ने स्थानिय तहमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने राप्रपाको प्रतिवद्धता गरेका छन् । ठुला दलका नेताहरुले राजनीतिलाई पेशा र व्यवसाय बनाए, सात पुष्ता सम्म खानपुग्ने गरि कमाउने भाँडो बनाए । त्यसकारण राजनिति भन्ने वित्तिकै आमजनताले घृणा गर्न थालेको पनि उनले बताए । राष्ट्रमा लुट तन्त्रको अन्त्य गर्न, राजनितिलाई पवित्र सेवाको माध्यममा रुपान्तरण गर्न यो पार्टी अग्रसर रहेको पनि उनले बताए ।

सवै विकासको मूल शिक्षा रहेछ । जवसम्म हामी शिक्षामा सुधार र विकास गर्दै नौ, जवसम्म शिक्षा गरिखाने शिक्षा हुदैन, जवसम्म शिक्षा गुणस्तरिय सर्वसुलव र सवैका लागि हुदैन तबसम्म जतिपनि विकासको कार्यले पूर्णता नपाउने पनि अध्यक्ष लिङ्देनले बताए । सवै कक्षामा कम्प्युटर शिक्षा अनिवार्य गर्ने, सवै स्थानिय तहमा तालिम केन्द्रको स्थापना गरि शिक्षालाई गुणस्तर बनाउने उनले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको २ वटा पालिकामा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिईरहेको र एक पालिकामा सुलव औषधि पसल खोलेको उनले बताए । सवल र सक्षम नेतृत्वले विकास सम्भव छ तर गलत नेतृत्व चयनले विकास सम्भवछैन भन्ने पनि वहाँको भनाई रहेको थियो ।
राप्रपा जोशीपुर गाउँपालिका अध्यक्ष पदका उमेद्वार भिव बहादुर बमको सभाध्यक्षतामा भएको कार्यक्रमलाई राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाहीले समेत सम्बोधन गरेका थिए । जोशीपुर गा.पा.मा व्यापक भ्रष्टचार भएको र ५ करोड ४२ लाख ६७ हजार को बेरुजु रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *