जोशीपुरले मनायो भव्य माघिमिलन

कैलालीको जोशीपुरमा भव्य माघि मिलन तथा शुभकामना आदानप्रदान थारु सांस्कृतिक झाँकी कार्यक्रम सम्पन्न भएको छ । जोशीपुर गाउँपालिकाको आयोजना तथा पूर्व स्वास्थ्य मन्त्री माननिय रामजनम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न भाषाभाषिको पौराणिक नाच र गायन प्रस्तुती गरिएको थियो । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमीहरुले माघे संक्रान्ती तथा थारु जातीको नयाँ वर्ष माघीको अवसरमा सवै जनसमुदायहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामजनम चौधरीले स्थानिय सरकार जोशीपुर गाउँपालिकाले ५ वर्षमा गरेको विभिन्न क्षेत्र अन्तरगत गरेको विकास उदाहरणीय रहेको बताए । यहाँका बाटोघाटो, भौतिक संरचना, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा स्थानिय सरकारले गरेको विकास प्रशंसानिय रहेका पनि उनले बताए । कैलालीका सवै स्थानिय तहमा भन्दा कम बजेट रहेको स्थानिय तह जोशीपुर गाउँपालिकाले विकासको क्षेत्रमा अगाडी रहेको पनि वहाँले बक्तव्य दिनु भएको थियो ।

त्यस्तै विशिष्ट अतिथि संविधान सदस्य बुद्धिसागर चौधरीले संविधानमा विविध समुदायको पहिचान झल्कीने साँस्कृति नाच संरक्षण गर्न पाउने अधिकार सुनिश्चित गरेकोले अहिले गाउँगाउँमा रहेको सिंह दरवारले आफ्नो पौराणीक, परम्परागत, संस्कृति झल्कीने नाच संरक्षण तथा प्रबद्र्धन गर्ने अवसर प्राप्त भएको बताए।
गाउँपालिका उपाध्यक्ष गिता कठरियाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा थारु महालोक गायक मनिराम करियामघरियाको प्रस्तुती लगायत मंग्रहुवा नाच, कठरिया होली नाच, डेउरा, धमार गित पनि प्रस्तुत गरिएको थियो । औपचारीक कार्यक्रमलाई थमराज जोशी र संस्कृति कार्यक्रमलाई गायक खुशी रत्गैंयाले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *