जोशीपुरमा निशुल्क माक्स वितरण

सावन २६,
कैलालीको जोशीपुरमा निशुल्क माक्स वितरण भएको छ । ईलाका प्रहरी कार्यालय जोशीपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट जोशीपुरको संयुक्त आयोजनामा जोशीपुर बजारको चोकमा करिव एक हजार भन्दा वढि माक्स निःशुल्क वितरण गरिएको हो । तेस्रो लहरको कोरोनाबाट जोगिन समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नेपाल माक्स अभियानलाई सफल बनाउन र कोरोना न्यूनिकरणका लागि जनचेतना दिदै माक्स वितरण गरिएको हो । बजार आउने पैदल यात्री, साईकल चालक, मोटरसाईकल चालक, चार पांग्रे गाडी चालकहरु लगायत सर्वसाधरणलाई माक्स वितरण गरिएको थियो । अभियानमा जोशीपुर बजारका व्यापारीहरुले माक्स उपलब्ध गराई सहयोग गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *