सुकुम्बासी आयोग खारेज भएको छैन, आयोगको नाममा भत्ता पचाउने आयोग खारेज गरिएकोछः रामजनम चौधरी

सावन २५,
कैलालीको जोशीपुरमा भव्यताका साथ आदिवासी जनजाती दिवस मनाईकोछ । आदिवासी जनजाती महाँसंघ गाउँपालिका समन्वय समिति जोशीपुरको आयोजनामा भएको कार्यक्रममा विभिन्न नाचगान, कला, बक्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुढेनी समितिका अध्यक्ष सुरी देवी डंगौराले अझै सम्म पनि जोशीपुरका सुढेनीहरु परिचय पत्र नपाएको गुनासो गरेका थिए । त्यस्तै वर्दगोरीया गा.पा. ६ का गुरुवाहरुको अध्यक्ष शंकर कठरियाले गुरुवाहरुलाई स्थानिय सरकारले अफै बैधानिकता नदिएको गुनासो गर्दै आफ्नो जिब्रोमा त्रिशुल छेदेर गुरुवा कला प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकार पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले नेपाली कांग्रेसले सुकुम्बासी भूमि आयोग खारेज नगरेको बताउनु भयो । वहाँले भूमि आयोगको नाममा भत्ता पचाउने आयोग खारेज गरेको बताउनु भयो । जोशीपुर गाउँपालिकालाई जोशीपुर वडहरीया देखि हस्नापुर जाने बाटो गत वर्ष नै कालोपत्रे हुनु पर्नेमा अझै पूर्ण नभएको उदाहरण दिदै यस्ता ठेकदारहरु वा काम नगर्ने व्यक्तिलाई ठेक्का नदिन तथा समयमा काम सक्काउने ठेक्दारलाई काम दिनु पर्ने सुझाव दिनु भएको छ । स्थानिय सरकार आए पश्चात ४ वर्ष सम्म नेपाली कांग्रेसको सरकार नरहेकोले जोशीपुरमा कम बजेट आएको पनि बताउनु भयो ।
२७ औं आदिवासी जनजाती दिवसलाई सम्बोधन गर्दै नेपाल सरकार पूर्व राज्य मन्त्री जनकराज चौधरीले टिकापुर घटना राजनीतिक घटना रहेको बताए । लोकतन्त्रका निम्ती, स्वतन्त्रताका निम्ती, नागरिकको हकको निम्ती, परम्परा, भेषभूषा, संस्कृति संरक्षणका निम्ती स्थापित गर्न खोजेको अवस्थामा पनि संविधान सभामा संविधान बन्ने वेला थारुहरु संबैधानिक पहिचान खोज्ने क्रममा अझै नस्लवादी सरकारले थारुहरुलाई दमन गर्ने निति अपनाएको बताउनु भयो । पार्टी जुनसुकै भए पनि थारुहरुको साझा एजेन्डा भनेको संबैधानिक रुपमा आफ्नो पहिचानलाई स्थापित गरिनुपर्ने हो । आज आफ्नो पहिचानको निम्ती, अधिकारको निम्ती आन्दोलनरत साथीहरु अझै पनि उन्मुक्ती पाएका छैनन् । आज आएर पाँच दलिय गठबन्धन भएको छ । नेपाली कांग्रेसको सरकार छ । नेपाली कांग्रेस नेतृत्वदायी भूमिकामा छ । थारु, जनजातीहरुको हक र अधिकारलाई स्थापित गनर्,े हक अधिकारलाई कार्यन्वयन गर्ने जिम्मेवारी आफु लगायत जिम्मेवार अगुवाहरुको रहेको बताउनु भयो ।
आदिमकाल देखि यस ठाउँमा बसोबास गर्दै आएका थारु, नेवार, तामङ, सेर्पा, मगर यहाँका आदिवासी जनजाती हुन । आदिवासी र जनजाती वारे यहाँका आदिवासीहरुले स्पष्ट बुझ्न जरुरी छ । यहाँका जनजातीहरुको चालचलन, रितिरिवाज, परम्परा, रहनसहन, संस्कृति, भेषभूषाले यस ठाउँको परिचय झल्काउने पनि वहाँले बताउनु भयो । आदिवासी जनजाती प्रजातन्त्रका पक्षधर र हिमाईती हुन् ।
चन्द्रीका चौधरीको सभापतित्वमा भएको कार्यक्रम संविधान सभा पूर्व संसद बुद्धिसागर चौधरी, गा.पा. अध्यक्ष रामकृष्ण चौधरी, उपाध्यक्ष गिता कठरिया, ने.का. जिल्ला कार्य समिति पूर्व उपसभापति विर बहादुर हमाल, नेकपा एमालेका प्रतिनिधि प्रेम चौधरी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम लाई जय कुमारी डंगौराले शहजीकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *