जोशीपुर ट्राफिकद्धारा ३ लाख ६५ हजार राजश्व संकलन

सावन ४,
जोशीपुर ट्राफिक प्रहरीले आ.व. २०७७/७८ मा ३ लाख ६५ हजार राजश्व संकलन गरेको छ । ट्रकबाट १४ हजार, बसबाट १५ सय, जिपबाट, २१ हजार ५ सय, ट्रेक्टरबाट ५४ हजार ५ सय, मोटर साईकलबाट २ लाख ५६ हजार ५ सय, अटोबाट १७ हजार गरि जम्मा ३ लाख ६५ हजार राजश्व संकलन गरेको जोशीपुर ट्राफिकले जनाएको छ । जोशीपुर ट्राफिकले जोशीपुरमा दुर्घटना न्यूनिकरणका विभिन्न जनचेतनाका कार्यक्रमहरु गर्दैै आएको छ । विभिन्न स्थानमा ट्राफिक जनचेतनाका वोर्ड टाँस, कोरोना (कोभिड–१९) नियन्त्रणका लागि विभिन्न स्थानमा जनचेतना सहित मास्क तथा सेनिटाईजर वितरण गरेको तथा चालकहरु सँग प्रत्येक्ष फिल्डमा १ मिनेट ट्राफिक जनचेतना सम्बन्धि कुराकानी कार्यक्रम गर्दै आएको ट्राफिक ईन्चार्ज रमेश ऐरले बताउनु भयो । यस वर्ष सवारी दुर्घटना न्यूनिकरणका लागि विद्यालयमा गई जनचेतना कार्यक्रम गर्ने, मोटर साईकल चालकहरुसँग वढिमा ५ मिनेट ट्राफिक नियम सम्बन्धि जनचेतना दिने, जनपद प्रहरीसँग संयुक्त रुपमा सवारी चेकजाँचमा कडाई गर्ने, सवारी दुर्घटना न्यूनिकरण गर्न प्रत्येक वडामा सडक सुरक्षा समिति गठन गरि सडक दुर्घटना न्युनिकरणको प्रशिक्षण गर्ने जस्ता कार्य गर्ने योजना रहेको पनि ट्राफिक ईन्चार्ज ऐरले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *