दुवै किडनी फेल विमारी फत्ते सिंह कुश्मीलाई जोशीपुर बजारको सहयोग

सावन १५,
कैलालीको जोशीपुर बजारका व्यापारी फत्तेसिंह कुश्मीलाई जोशीपुर बजार व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । दुवै किड्नी फेल भएका विरामी फत्तेसिंह कुश्मीलाई जोशीपुर बजार व्यवस्थापन समितिले जोशीपुर बजार भरि राहतका लागि आर्थिक सहयोग संकलन गरि जम्मा गरिएको २८ हजार ७ सय ८१ नगद विमारीका आफन्तलाई बझाएको छ ।

जोशीपुर बजार व्यवस्थापन समितिका पूर्व सदस्य समेत रहनु भएका कुश्मीको उपचारमा अत्यधिक रकम लाग्न सक्ने डाक्टरको भनाई छ । वहाँको हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भैरहेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरीले बजारका व्यापारीहरु लगायत अन्य सहयोगी दाताहरुलाई सहयोगको अपिल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *