
कैलालीको जोशीपुरमा युवा सञ्जालको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा सन्तोष वि.क. निर्वाचित हुनु भएको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सविता चौधरी, कार्यकारिणी उपाध्यक्षमा राजेश चौधरी र पुष्प कुँवर निर्वाचित हुनु भएको छ । सचिवमा भरत डंगौरा, कोषाध्यक्षमा भुमिसागर सुनार, सहसचिवमा अभिमन्यु चौधरी निर्वाचित हुनु भएको छ।

दर्ता भएको छोटो समयमा यस युवा सञ्जालमा युवाहरुको सक्रियता देखिएको छ । यस जोशीपुर गाउँपालिका अन्तरगतको युवा सञ्जालका निवर्तमान अध्यक्ष विष्णु चौधरीले यस क्षेत्रमा युवाको नेतृत्व हुन आवश्यक रहेको बताउनु भयो । सञ्जालले अव स्थानिय सरकारसँग समन्वय गरि आफ्नो सामाजिक कार्य गर्न आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

जोशीपुर गाउँपालिका अन्तरगतका ७ वटै वडाका सक्रिय युवाहरुको उपस्थिति रहेको थियो । भने प्रमुख निर्वाचन आयुक्तमा श्यामदेव कुश्मी र निर्वाचन आयोग सदस्यमा सुधराम दहित रहेका थिए ।
