जोशीपुरमा पालिका स्तरिय भ्रष्टचार नियन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न

जेठ २९, जोशीपुर/
कैलालीको जोशीपुरमा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ। “हाम्रो चाहना, स्वच्छ पारदर्शी र भ्रष्टचार मुक्त राज्य संयन्त्रको स्थापना” भन्ने मुल नारा रहेको अन्तरक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न भएको हो । भ्रष्टचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने अन्तरकृयाको ध्यय रहेको थियो । कमजोर लोकतन्त्र, महंगो निर्वाचन प्रणाली, राजनितिक दृढ ईच्छाशक्तिको कमी, प्रशासनिक अस्थिरता र राजनितिक हस्तक्षेप भ्रष्टचारका राजनितिक र प्रशासनिक कारण हुन भने भ्रष्टचारलाई प्रोत्साहन गर्ने संस्कृति, सामाजिका कुरिती र विसंगति, बढुदो असामाजिक क्रियाकलाप र अपराध, मानवीय मूल्य र मान्यतामा ह्रास, भड्किलो संस्कृति र देखासेखी भ्रष्टचारका सामाजिक तथा सांस्कृतिक कारण हुन । भ्रष्टचारलाई न्यूनिकरण गर्न नेपाल सरकारको ऐन, कानुन, कार्यविधिमा टेकेर कार्य गर्न आवश्यक रहेको प्रशिक्षक चन्द्रकान्त बस्नेतले प्रशिक्षण दिदैं स्थानिय तहका जनप्रनिधिनि, कर्मचारी, विद्यालयका प्र.अ., वि.व्य.स. अध्यक्ष लगायतलाई बताउनु भयो ।

अन्तरक्रिया अक्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरुम्वाङको सभापतित्व, जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यता तथा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया र जोशीपुर गा.पा. प्रमुख प्रशासकिय अधिकृत धर्म राज खत्रीको विशिष्ट आतिथ्यतामा जोशीपुर गा.पा.को सभाहलमा अन्तरकृया सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका प्र.अ., कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नयाँ निर्वाचित जनप्रतिनिधिहरुका लागि यो कार्यक्रम महत्वपूर्ण र प्रभावकारी रहेको गा.पा.अध्यक्ष चौधरीको भनाई रहेको थियो । यो अन्तरक्रियात्मक कार्यक्रमले जोशीपुर गाउँपालिकामा हुने भ्रष्टचार न्यूनिकरणमा टेवा पु¥याउने छ । साथै गा.पा. प्रमुखको भ्रष्टचार मुक्त गा.पा. बनाउने अभियानलाई यसले महत्वपूर्ण भूमिका खेल्ने पनि प्रमुख अतिथि चौधरीको भनाई रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *