सि.एम.ए. संघ जोशीपुरद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत

जोशीपुर/जेठ ८,
कैलालीको जोशीपुरमा नेपाल सि.एम.ए. संघ जोशीपुर उपशाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रम विच भव्य स्वागत गरेकोे छ। सभाध्यक्ष बुद्धिराज विनाडीको सभापतित्व तथा नव निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा जोशीपुरका स्टार क्याफेमा स्वागत कार्यक्रम सम्पन्न भएको हो । विशिष्ट अतिथि नवनिर्वाचित जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया रहेको कार्यक्रमलाई मल्वारा पोलिक्लिनिकका संचालक विरेन्द्र डंगौराले स्वागत मन्तव्य गरेका थिए । जोशीपुरमा स्थानिय सरकारले निजि क्लिनिकहरुको ऐन बनाउन आवश्यक रहेको दिल्ली ओलीले बताउनु भयो । स्वास्थ्य क्षेत्रमा सक्षम र दक्ष स्वास्थ्य कर्मी निजि स्तरमा भएता पनि जनतालाई उचित र ईमर्जेन्सी सेवा दिन नसक्ने अवस्था रहेकोले स्थानिय सरकारले निजी स्वास्थ्य कर्मीहरुको लागि ऐन हुन जरुरी रहेको बताए । ऐन अनुसार निजि स्वास्थ्य कर्मीहरुले खुलेर स्वास्थ्य सेवा दिन पाउने वातावरण आवश्यक रहेको पनि उनले बताए ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले स्थानिय सरकार अव जनताको सेवाको लागि छिटो र सहज रुपमा गर्ने बातावरण मिलाउने बताए । उनले जनताको सेवाको लागि बसेको स्थानिय सरकारले अव अति छिटो र छरिटो कार्य गर्ने छ । समस्या भएको जनताले कुनै ज्ञापन पत्र बुझाउन पर्दैन । अति आवश्यक समस्या भए तुरुन्त समस्याको समाधान खोेज्ने स्थानिय सरकारको जिम्मेवारी रहेको पनि उनले बताए । यस क्षेत्रमा थारु बहुल्यता रहेकोले विद्यालय, संघसंस्था, सरकारी कार्यालयमा समेत थारुभाषालाई प्रयोगमा ल्याउने उनले बताए। नेपाली समय ढिलो नै हुन्छ भन्ने हाम्रो मानसिकतालाई बदल्नु पर्छ । अव समय मै कार्य गर्ने बानी बसाल्न सवैलाई अनुरोध पनि गर्नु भएको छ।

कार्यक्रममा जोशीपुर गाउँपालिकामा नव निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य कर्मी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिवी, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *